“जे जे फैसला भयो सबै टाउकेहरूका लागि भयो “

समुन्द्र अर्याल मुसिकोट नगरपालिका ५ अाटियर

जनताले सुख पाउँछन् ,विकास हुन्छ ,समृद्धि हुन्छ भनेर जहानिय राणा शासन हटाएकै हुन ।पञ्चायत व्यवस्था हटाएकै हुन ।

२०४६ सालको अान्दोलन मा सहभागी बनेकै हुन। परिवर्तन ल्याउनको लागि जनयुद्ध गर्नु जरूरि छ भनेर , कयौं पढाइ गर्दै गरेका विद्यार्थीले हातमा कमलको साटो बन्दुक पनि समाएकै हुन।२०६२/०६३ सालको जनअान्दोलनमा सहभागी भएकै हुन ।राजतन्त्र हटाएकै हुन ।

अाखिर यति परिवर्तन भयो ।र त्यो परिवर्तन ल्याउनमा जनताले सधै साथ दिदै अाए ।तर अाखिरमा के पाए जनताले??

बलत्कारीलाई प्रसय,भष्ट्रचारीको बचाउ ,अाफु अाफुमा खिचातानी ,कुर्सी दौड बाहेक

के भैराछ देशमा? सर्वोच्चले जे निर्णय गरेपनि टाउकेहरूलाई गरिखाने बाटो बनाइदिएको मात्रै हो ।

एकातिरका टाउकेहरू कछुवाले टाउके लुकाए सरि टाउके लुकाए ।एकातिरका टाउकेहरू रमाइरहेका छन ।अब गरिखाने बाटो खुल्यो नि त ।

संसद विघटन पछि अाम सभा र जनसभाको जे जे नाटक गरे यसैका लागि न गरे ।प्रजातन्त्र दिवसको दिन ,पृथ्वीजयन्ती को दिन नभएको खुसियाली र दिप प्रज्जवल अहिले गरिरहेका छन ।

अोलि पक्षधर दुलोमा पसे ।मार्चण्ड पक्षधर लड्डु खादै खुसियाली मनाइरहेका छन ।सामाजिक सञ्जालमा मार्चण्ड पक्षधरहरूको हावी छ ।भेडा जनताहरू अाफु अाफुमा लडिरहेका छन ।

यो निर्णयले अब उल्कै हुने जस्तो गरि विश्लेषण गरिरहेका छन ।निर्णय नभएका हैनन् ,धेरै ठुला निर्णयहरू भए। तर ती निर्णयहरूले देश र जनताको उन्नतिमा हैन

,यी टाउकेहरूको व्यक्तिगत उन्नतिमा अहम भुमिका खेले ।हिजोको त्यो विगतलाई जान्दाजान्दै पनि अाज फेरि पनि भेडा जनताहरू खुसियाली मनाइरहेका छन ।

त्यो निर्णयले गर्दा केही राम्रा कुराहरूले निरन्तरता पाए ।नराम्रा कुराहरूको सुरूवात हुन पाएन ।त्यो ठिकै भयो ।

तर अाज जसरि हामी जनताले लिइरहेका छौँ ,त्यसरि नलिदा हुन्छ ।नेपालीमा एउटा उखान छ “हात्ती अायो हात्ती अायो फुस्स” जे जे राजनैतिक परिवर्तन र निर्णय/फैसला भए पनि जनताको हातमा उपलब्धिको नाउमा अालु फेला पर्ने हो ।

सबै फुक्लो दुःख हो ।अाफ्नो दुःख नगरि बिहान बेलुकाको छाक टर्दैन। के को तछाडमछाड हो कुन्नि ?भरियालाई भारि नबोकी छाक टर्दैन ,किसानलाई कोदालो ननचाए सम्म खान छैन

वैदेशिक रोजगारिमा गएकालाई अरूका जुठाभाडा नमाझेसम्म छैन ।अनि यो अन्धभक्ते भएर क्यार्न खोज्या हुन ।

अाफुलाई समय र विश्वको परिवेश अनुसार परिवर्तित सम्झने भेडेहरूले ।अब भौतिक परिवर्तन मात्रै हैन ,मानसिक परिवर्तन पनि खोज्नु जरूरि छ ।
जय देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय