संसद पुनर्स्थापनाको फैसला स्वीकार योग्य छ  : आनन्द पोखरेल

काठमाडौं । नेकपा ओली समूहका नेता आनन्द पोखरेलले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर जाने बताएका छन् ।

बागमती प्रदेश अध्यक्ष पोखरेलले शक्ति पृथकीकरणलाई आत्मसाथ गरेर जाने पार्टी भएकाले अदालतको फैसला स्वीकार गर्ने बताए । स्वभाविक रुपमा हामी अदालतको फैसला स्वीकार गर्छौं ।

हामीले नै बनाएको संविधान र त्यसबाट बनेको सर्वोच्च अदालतको निर्णय स्वाभाविक रुपमा स्वीकार गर्ने कुरा हो’, पोखरेलले भने ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला बनाएको छ ।

संविधानमै नभएको अधिकार प्रयोग गरी गएको पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए ।

श्रोत अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय