नेपाल–भारत सीमा नाकामा सिसिटिभी क्यामरा जडान

काठमाडौं । नेपाल भारत सीमानजिक रहेको सन्तगञ्जमा बाराको सुर्वण गाउँपालिकाले सिसिटिभी क्यामरा जडान गरेको छ । सुवर्ण गाउँपालिका–३ स्थित सन्तगञ्जमा सिसिटिभी क्यामरा सञ्चालन गर्नुका साथै सहायता कक्ष पनि स्थापना गरिएको हो । बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेलालाई दृष्टिगत गर्दै सो सहायता कक्ष राखिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुने अ’पराधलाई नि’यन्त्रण गर्न स्थानीय प्रहरीको साझेदारीमा गाउँपालिकाले गरेको कामले यस क्षेत्रको आ’परा’धिक गतिविधि निय’न्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय