काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली जानु भएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना हुनु भएको छ ।
डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका जानकारी प्राप्त न्हेको छ ।उनका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ ।

डा. भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । यसअघि उनले काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका थिए ।
चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी
सल्लाह र सिफारिस गरेपछि उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ ।-अनलाइनखबरबत