बागलुङ : जिल्लाको बडिगाड गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ३ जना घाइते भएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

गुल्मीको ईस्माबबाट बुर्तिबाङ आउँदै गरेको जीप दुर्घटनामा परेको जनाइएको छ। बडिगाड गाउँपालिका-७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको हो।
गुल्मी ईस्माबबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द भट्टराईले बताए।
दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यू भएको छ। तीनजनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाइएको प्रनाउ भट्टराईले बताए।
मृत्यु हुनेहरुमा निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोला देवाली पूजाका लागि आउँदै गरेका यात्रुहरु परेका प्रहरीले जनाएको छ।