पूर्वप्रधानमन्त्री बाबुराम  भट्टराई उपचारका लागि भारत जाँदै

काठमाडौँ पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् ।

डा । भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेका हुन् ।उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी

सल्लाह र सिफारिश गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

यो पनि पढ्नुहोस् काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूह सिद्धिने बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ ।

उहाँले पुष्पकमल दाहाल प्रचण्डको माया लागेर आउने भन्दै गलत बाटोमा नहिँड्न सुझाव दिनुभयो । आज विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका अध्यक्षसमेत रहनुभएका ओलीले प्रचण्डलाई

सिद्धिने बाटोमा नहिँड्न सुझाव दिँदै फर्किएर आउन आग्रह समेत गर्नुभएको छ ।

ओलीले प्रचण्डलाई सुरुमा वैद्यको साथ, त्यसपछि डाक्टरको साथमा बसेको र

उहाँहरुले साथ छोडेपछि झाँक्रीको साथमा पुगेको भन्दै व्यङ्ग्य पनि गर्नुभयो ।

गलत बाटोमा हिँडेका प्रचण्डलाई झाँक्रीले पनि जोगाउन नसक्ने ओलीको टिप्पणी छ ।

पार्टी फुटाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन खोजिएको तर केही व्यक्तिले पार्टी छाडेपछि सरकार र पार्टीको कामले गति लिएको ओलीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय