आज फाल्गुन ९ गतेको राशिफल

आज मिति २०७७ साल फाल्गुन महिनाको ९ गते आइतवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाईबाट सहयोग मिल्नेछ । धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ ।

गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रा रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । मिहिनेत गर्दा बढी प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ ।

दैनिक कामहरू अगाडी बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

नयाँ सफलता पनि मिल्नसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
श्रोत हाम्रो पात्रो डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय