ऐतिहासिक स्वर्ण दिलाएकी सन्तोषी भन्छिन्- भारतीय खेलाडीले टक्कर दिँदा सबैथोक सम्झेर कुदें

नेपालका लागि ऐतिहासिक पदक जितेकी सन्तोषी श्रेष्ठले आफूले एथ्लेटिक्स खेल्न गरेको त्यागको फल पाएको बताएकी छिन्।१३औं दक्षिण एसियाली खेलकुद (साग) मा सन्तोषीले १० हजार मिटर दौड जित्दै एथ्लेटिक्समा नेपालका लागि अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो खेलाडीको इतिहास बनाएकी थिइन्।

 

सन्तोषीले मंगलबार दशरथ रंगशालाको ट्र्याकमा भएको प्रतिस्पर्धामा भारतीय धाविका कविता यादवलाई मिलिसेकेन्डमा पछि पारेर स्वर्ण जितेकी हुन्।अन्तिम सय मिटर बाँकी रहँदासम्म उनले भारतीय खेलाडीलाई पछि पारेकी थिइन्। तर ५० मिटर बाँकी रहदा भारतीय खेलाडीले उनलाई कडा टक्कर दिएकी थिइन्।

 

‘भारतीय खेलाडीले कुनबेला टक्कर दिने हो भन्ने लागेको थियो। नभन्दै ५० मिटर बाँकी रहँदा उनी तीव्र गतिमा कुद्न थालिन्,’ सन्तोषीले भनिन्,’त्यतिबेला मैले सब कुरा सम्झिएँ। मैले एथ्लेटिक्स खेल्न गरेको त्याग, छाडेको जागिर, घर परिवारको समर्थन, गुरुहरूको मिहिनेत,

 

साथीहरूको हौसला सब सम्झिएँ। अनि जसरी पनि कुद्न पर्छ भनेर अन्तिम ५० मिटर सक्ने जति कुदें।’सन्तोषी र कविताले एकैपटक लाइन पार गरेका थिए।‘दौड पूरा गर्दा कसले जित्यो भन्ने थाहा भएको थिएन,’ उनले भनिन्।अफिसियल समय आएपछि सन्तोषी ०.००१ सेकेन्डले अघि रहदै स्वर्ण जित्न सफल भइन्।

 

सन्तोषीले निर्धारित १० हजार मिटर ५ मिनेट ७.९४ सेकेन्डमा पूरा गरेकी थिइन्। यस्तै भारतकी कविताले ५ मिनेट ७.९५ सेकेन्डमा दौडिइन्।’आज मैले गरेको मिहिनेत पूराको फल भएको छु, ‘ उनले भनिन्, ‘यो स्वर्ण एक्लै सम्भव भएको होइन। प्रशिक्षक, परिवार र साथीहरुको समर्थनले यहाँसम्म आइपुगे।’

 

उनले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो महिला खेलाडी भएको गर्व लागेको बताइन्।’आफ्नो शतप्रतिशत दिएर खेल्छु भन्ने सोचेको थिए,’ उनले भनिन्,’यो मिहिनेतले नेपालका लागि पहिलो स्वर्ण हुन्छ भन्ने चाहि विश्वास थिएन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय