ग्लोबल आइएमई बैंकका शाखा प्रमुखकाे माेटरसाइकल दु’र्घट.नामा  निधन

काठमाण्डाै – पूर्वपश्चिम राजमार्गको मेचीनगर १३ मा रहेकाे झापा​काे चारआलीमा मोटरसाइकल दु’र्घट.ना परेर ग्लोबल आईएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको ज्यान गएको छ ।

शुक्रवार मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घा.इते भएका थिए ।

घा’इते आचार्यको बिर्तामोडमा रहेकाे बीएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा रहेका दुई जना घा.इते भएर उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् । -उज्यालो

यो पनि पढ्नुहोस् बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका-५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परको ठक्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको ज्यान गएको हो।

मोटरसाइकललाई ठक्कर दिए लगत्तै टिप्पर भागेको प्रहरीले जनाएकाे छ । दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड

चोक नजिक टिप्पर छाडेर चालक भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय