ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि  टिकट किन्दा आकर्षक छुट

काठमाण्डौ – ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता सिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट-क्रेडिट प्रिभिलेज कार्डबाहेक ग्राहकले अनलाइन बुकिङमार्फत् कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

ग्लोबल आइएमई बैंकले ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २४५ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन

काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय