आजको राशिफल

आज मिति २०७७ शाल फाल्गुण महिनाको – ०८ सनिबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । पारिवारिक प्रेम बढेर जानेछ । सामाजिक सद्भाव र रमाईलो यात्राको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामान हराउने वा चोरी हुने भयछ । वैदेशिक क्षेत्र कमजोर रहला ।

विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथीभाईबाट सहयोग मिल्नेछ ।

फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, तर परिश्रमअनुसार सफलता मिल्न समय लाग्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ व्यक्ति संग भेटघाट पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज पदोन्नतीको सम्भावना प्रवलछ । शुभ कार्यको चर्चा चल्नेछ । राज्यबाट साथ र सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला, साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्नेछ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अचल सम्पत्ति हात पर्ने योगछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल (हाम्रो पात्रो )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय