मुसिकोटका महिलाहरुले आफै ढुङ्गा बोकेर चौपारी बनाउदै,दीन दुखीलाइ सहयोग गर्दै

विष्णुप्रसाद आचार्य / भुवन काफ्ले /मुसिकोट गुल्मी/नबखबर

मुसिकोट नगरपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र जनविकास केन्द्रद्वारा संचालित सामुदायिक

विकासका लागि बाख्रा उद्दम परियोजनाअन्तर्गत मुसिकोट नगरपालिका वडा नम्बर २ मा सङ्गठित विभिन्न महिलाहरुले नमुना कार्य गरेका छ्न ।

यस परियोजना अन्तर्गत समूह गठन गरि समुदायमा विभिन्न काम गर्दै आएका महिला समुहहरुले फरक फरक काम गरेर आफुलाइ सामाजिक रुपमा उदाहरणिय बनाएका छन ।

मुसिकोट वडा नम्बर २ मुसिकोट पिपलडाडाका महिला उद्दम समुहले त्यस समुहका सम्पुर्ण सदस्यहरुको उपस्थितिमा आफुहरुको बैठक बस्ने ठाउँ वरिपरि सरसफाइ गरि नजिकै रहेको चौपारी समेत सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन ।

त्यस्तै कार्यक्रम स्थल नजिकै रहेको एउटा सार्वजनिक भवनको सरसफाइ गर्दै पिपलडाडामा अवस्थित २ वटा भत्केका चौपारिको मर्मत समेत गरेका छन ।

महिलाहरुले वरपरबाट आफै ढुङ्गा बोकेर स्वरुप बिग्रीसकेका २ वटा चौपारिको निर्माण सम्पन्न गरेको हेफर सहजकर्ता सावित्रा विष्ट घिमिरेले नबखबरलाइ जानकारी दिनुभयो ।

त्यस्तै सोही परियोजना द्वारा संचालित श्रीङ्गेश्वर महिला उद्दम समुह मुसिकोट २ पात्लाकोटले आफुले समुहको तालिममा सिकेको र बनाएको कार्ययोजनालाई पालना गरि स्थानिय २ जना विद्यार्थी विष्णु सारु र विमला सारुलाइ एक शैक्षिकसत्रलाई पुग्ने शैक्षिक सामाग्री उपहार स्वरुप प्रदान गरेका छन ।

त्यस्तै उनिहरुलाइ झोला र विद्यार्थी पोशाक समेत गरि उपहार प्रदान गरेको सहजकर्ता विष्टले जानकारी दिनुभयो ।

त्यस्तै लालिगुरास महिला उद्दम समूह मुसिकोट २ मुसिकोट ठाटिकाचौरका समुहले पनि शैक्षिक सामाग्री सहित झोला र जुत्ता समेत प्रदान गरेका छन । आर्थिक रुपमा कमजोर भएका २ जना विद्यार्थिहरुलाइ स्टेसनरी सामाग्री सहित २ वटा कुखुरा समेत सहयोग स्वरुप प्रदान गरिएको बताइएको छ ।

विभिन्न चरणमा भएका कार्यक्रममा खस्थोक महिला उद्दम समुहद्वारा स्थानिय बाबुआमा समेत नभएका आर्थिक अवस्था पनि कमजोर

भएका करिश्मा नेपाली र प्रदीप नेपालिलाइ उक्त समुहले स्टेशनरी सामाग्री कापी,कलम , पेन्सिल लगायतका सामाग्री प्रदान गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय