गुल्मीमा सत्य निस्ठा र नैतिकता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

महेन्द्र घिमिरे / मुसिकोट गुल्मी / नबखबर

मुसिकोट नगरपालिका गुल्मीको आयोजनामा गुल्मीमा सत्य निस्ठा र नैतिकता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

मुसिकोट नगरपालिका वामीट्क्सार परुवास्थित रुद्रावती बहुमुखी क्याम्पसमा बिहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रमले कर्मचारीहरुका लागि कार्यलय ब्यबस्थापन सेवा प्रदान र समयपालन लगायतका बिषयमा मह्त्वपुर्ण भुमिका निर्बाह गर्ने अपेक्षा गरिएको छ।

मुसिकोट नगरपालिकाका कर्मचारी र मुसिकोट नगरपालिका भित्रका स्वास्थ्य सस्थाका प्रमुखहरुको उक्त प्रशिक्षण कार्यक्रम सहभागिता रहेको थियो ।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा मुख्य प्रशिक्षक खिमानन्द भुसालले सत्यनिस्ठा भनेको केहो ? सत्यनिस्ठा कसरी आर्जन गर्ने?

यसका गुणहरु के के हुन ? जस्ता बिषयको बारेमा प्रशिक्षित गर्नुभएको थियो।

यस्ता प्रकारका तालिमले कर्मचारीहरुमा कर्तव्यनिस्ठ तरिकाले कार्यसम्पादन गर्न मह्त्वपुर्ण भुमिका खेल्ने छ।

लामो समयदेखि विभिन्न मन्त्रालयदेखि स्थानीय तहको समेत जिम्मेवारि निर्बाह गर्नुभएका भुसाल मुसिकोट नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा साढे तीन महिना अघि मुसिकोट आउनुभएको हो।

उहाँ यस नगरपालिकामा वडा कार्यलय ,स्वास्थ्य चौकी, मुसिकोट नगरपालिकाका गौरबका आयोजनाहरु र केही विद्दालयहरुको समेत निरीक्षण तथा अनुगमन सम्पन्न गरिसक्नुभएको छ। मुसिकोट नगरपालिकाको आठौ नगरसभा आफ्नै नगरपालिकाले निर्माण गरेको आपचौर स्थित

प्राबिधिक शिक्षालयको सभाहलमा संघिय सम्सदको झल्को दिने गरि गर्नमा समेत महत्वपूर्ण भुमिका निर्बाह गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय