छोरी बुहारीलाई हेर्ने नजर बदल्न नसकेको मेरो समाज”

समुन्द्र अर्याल, मुसिकोट नगरपालिका ५, आटियार गुल्मी/नबखबर यो पुरूषप्रधान देश भएर होला सधै महिलाहरूलाइ नि’चो देखाउने र हेपाहा प्रवृत्ति छदैछ ।हामी बुद्धिजीवी ,ज्ञानी ,विवेकशील ,भद्र ,भलाद्मी ठान्नेहरूले नै हो ।यो सबै भे’दभाव गर्ने पनि ।

बाहिर महिला हिं’साका वि’रुद्धमा भाषण दिने र घरका बुहारिलाई दाइजो नल्याएको निहुँमा जिउँदै ज’लाउने पनि तिनै भद्रहरू बाट हुन्छ ।अाफुले अाफुलाइ परिवर्तित ठान्ने र समाज परिवर्तनमा उत्रेका
भद्र भलाद्मीहरू कै घरमा महिला हिं’सा भैराखेका छन ।अाफुले उनीहरूबाट अामा बाबुको व्यवहारको अाशा गर्ने र

अाफ्ना बुहारिलाई छोरिको व्यवहार गर्न नसक्ने कयौं सासू ससुराहरू पनि हामी हरू माझ नै छौ ।अझ महिलाको कुरा त महिलाले नै धेरै बुझ्नुपर्ने ठाउँमा महिला बाट महिला नै हे’पाइमा परिराखेका छन ।

जस्तो हामिहरूले छोरिहरूलाई व्यवहार गर्छौं र अाफ्ना छोरिहरूको लागि असल व्यवहारको अाश गर्छौं ।त्यो व्यवहार हामिहरूले बुहारिहरूलाई दिन सकिरहेका हुदैनौ ।

अर्को तर्फ बुहारि वर्गले पनि अाफ्नो जन्मदिने बुबाअामालाई जस्तो व्यवहार सासू ससुरालाई गर्न सकिरहेका छैनन्े।पुरुष प्रधान देशमा महिलाहरू पुरुषबाट भन्दा महिलाबाटै हे’पाइमा पर्नु परेको छ ।

नेपाल कै प्रभावशाली महिला झमक कुमारी घिमिरे , विश्वको सर्वो’च्च शिखर
सगरमाथा चढ्ने प्रथम महिला पासाङ ल्हामु शेर्पा ,प्रसिद्ध गायिका तारा देवी , बेलायतमा दुई चोटि प्रधानमन्त्री भैसकेकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचर ,म्यानमार कि राष्ट्रपति अाङसान सुकी लगायतका यी सबै चर्चित नाम महिलाहरू कै हुन ।

अझ दुई दुई चोटि लगातार राष्ट्रपति भएकी नेपालकी नेतृ विद्यादेवी भण्डारी पनि महिला नै हुन ।महिलाले गर्न नसकेको केही छैन ।घरको चुलोचौको देखि लिएर जाहाज उडाउने सम्ममा महिलाहरू छन ।

यो एक्काइसौं शताब्दीको युगमा पनि छोरा छोरिको भे’दभाव अझै हटेको छैन ।छोरा जन्मदा हर्षउल्लास हुन्छ ।

छोरी जन्मदा सबै गुपचुप हुन्छन ।त्यस्तो रौनक नै हुदैन ।न मुहारमा नै हुन्छ ,न बाहिर ।नथामेका हैनन् धेरै एक्ला छोरिहरूले घर धानेका उदाहरण पनि कयौं छन ।तापनि छोरीलाई हेर्ने दृष्टिकोण बदलिन सकेको छैन ।

हाम्रो समाजमा छोरा र छोरिको भे’दभाव राख्ने ,छोरा नपाए अामालाई दोष दिने ,अर्को विवाह गर्ने जस्तो कामले जरो गाडेको छ ।तर यो सबै कुरालाई विज्ञानले ठाडै अ’स्वीकार गरेको छ ।छोरा वा छोरी जन्मनुमा बाबू को मात्र हात हुन्छ ।

अामाको कुनै हात हुदैन ।किनभने अामाको यौनकोषिकामा एउटै खालको
(XX)गुणसुत्र र पुरूषको यौनकोषिकामा (XY)गुणसुत्र हरू हुन्छन ।गर्भधारण भएपछि पुरुषको X गुणसुत्र महिलाको पनि X गुणसुत्र सँग समागम भएमा छोरी जन्मने र पुरुषको Y गुणसुत्र महिलाको X गुणसुत्र सँग

समागम भए छोरा जन्मने कुरा विज्ञानले प्रमाणित गरिसकेको छ ।यसबाट के बुझियो भन्दा छोरा या छोरि जन्मनुमा सम्पूर्ण चुमिका बुबाको हुन्छ ।तर पनि छोरी जन्मदा छोरो हैन बुहारि हे’लासि हुनु पर्छ । जब सम्म सासुले बुहारिको नजरले हैन छोरी नजरले ,बुहारिले सासुको नजरले हैन

अामाको नजरले हेर्दैन र छोरा छोरिमा बाहिर ५०% हैन मन देखि नै बराबर व्यवहार गरिदैन यो विषय त्यतिन्जेल रहिरहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय