नेताजिले सबथोक पाए, न तिमिले पायौ न देशले पायो

सरोजराज बज्राचार्य मुसिकोट नगरपालिका,गुल्मी :कबिता

कार्यकर्ता हो कि!
राणा ,पन्चायत ,राजा फाल्यौ,
कैयौं सहिद,बिधवा,अङ्ग भङ्ग भए,
नेताजतिले सबथोक पाए,
न तिमीले पायौ न देशले पायो।
त्यसैले स्वाभिमानलाई बन्दकी राखेर,
झोले र भेडा नबन भाई ।

देशमा गणतन्त्र ल्याइसक्यौ,
फ़ेरि आन्दोलन के का लागि ?
कसैको पदको रक्षा र पुर्याउन ?
प्रधानमन्त्री र मन्त्री बनाउन?

तिनीहरु पदासिन भए भने
तिमीहरूलाई हेर्दैनन भन्ने थाहा छैन ?

नाताबाद,कृपावाद,फरियावाद
तैपनि तिमि पछि लाग्छौ?
किन कतिबेला कसरी नभनी
अन्धाधुन्ध समर्थन गर्छौ।
विवेकशुन्य भएर आफुलाइ बिर्सेर
साथिभाई आफन्त छिमेकीलाई शत्रु देखेर,

तिम्रो खेतबारी बाँदरले सके,
तिम्री दुलही त दाउरा बिना चुल्होमा,
छिमेकी रोगग्रस्त,भरेकाल,
तिमी भने जिन्दावाद मुर्दाबाद।

तिमि मस्त भाषण सुनेर बरै
कस्तो बिडम्बना पाउदैनौ धरै ।

तिमिलाई थाहा नभएको होईन ,
तिम्रा नेताको पालामा
भ्रष्टाचार ,दुराचार ,बलात्कार र अत्याचार
न्याय कानुन बन्धक भयो।

शासन पूरा नगरी असक्षम भयो,
गुण्डा,दलाल ,शोषक,माफियाले न्याय पाए
लाज नमानी त्यो ठिक भन्छौ।

जाली फटाहा तस्करलाई मन्चमा राखी
बिचरा तिमि दर्शक लाचार बन्छौ।

लुटिरहेछन सबतिर नेताले,
उसैको जयजयकार गर्दैछौ तिमिले।
झोल नखाइ झोले बन्दैछौ,
एकोहोरो बिचरा भेडा बन्दैछौ।

अब त नेता होईन तिमी सच्चिनु पर्छ,
अब कालोलाई सेतो देख्न बन्द गर्नुपर्छ।
पहिला आफ्नो घर,छिमेकी समाज हेर्नुपर्छ ,
ठिक को हो के हो ठम्याउन सक्नुपर्छ ।

नेताले भन्यो आउने क्रम जारी छ,
तिमि जस्तालाइ देखेर फुइ लगाउछ।
सुनेको छु तिमिलाई हजार एक दिन्छन् रे,
त्यो देखेर तिमी मख्ख पर्छौ रे।

अरुले भन्छन् भेडा र झोले,
तर म त्यो नि मान्दिन,
भेडाले बरु पच्चीस छब्बीस पाँउछ,
जसको खान्छ उसकै गाउँछ।
काठमाडौमा हजारौं भेडा जम्मा गर्न सकिन्न

तर तिमिलाई सकिन्छ
त्यसैले भेडाभन्दा निकृष्ट तिमि ,
निकृष्ट त्यो नाम शब्दकोष खोज्दैछु।

त्यसैले दिब्य आँखा खोल तिमि,
समर्थन र बिरोधमा अन्ध नबन।
सकेसम्म एउटा इलम गर,
घर परिवार,छिमेकी खुशी पार।

अन्याय अत्याचार बिरुद्ध बोल,
मेहनत पसिना गरेरै खाउ,
सबको दिब्य मुहार हसाउ।

यो गित मैले सबैलाई भनेको हु ,
मस्तिष्क बिनाका सबैलाई गनेको छु।
तिमि यसलाई गाली नसम्झ,

मानिस र नेपाली बनेर सम्झ।
ठिक वा बेठीक विवेक पुर्याउ,
सर्वे भवन्तु सुखिन मा ध्यान पुर्याउ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय