काजल खरेल मुसिकोट नगरपालिका वडा ९ ददल्का गुल्मी
मुक्तक १
पक्कै बिकास गर्छुगर्छु भन्नेले देश बेचे,
भित्र रावण बाहिर राम बन्नेले देश बेचे,
भाइ फुटे गवार लुटे फाइदा उठाउदै छन् ,
पदको लागि झुटो स्वाभिमानी गन्नेले देश बेचे।।
मुक्तक २
मेरो मन भत्काउने ठुलो खेल जारी गर्यौ तिमी ,
सपनाको त्यो घर नस्ट पार्ने तयारी गर्यौ तिमी,
मायाको नाटक देखायौ बास्तबिकता लुकाएर,
यी आँखा वरिपरि बसेरै लुकामारी गर्यो तिमी।।
मुक्तक ३
सानालाई माया ठुलालाइ सान गरेर हेर ,
सँसार छुट्टै लाग्छ पैले चिनजान गरेर हेर
,
धर्मको नाममा नानाथरी कुरा काट्नु भन्दा,
निमुखा र ती गरिब लाई दान गरेर हेर ।।