काठमान्डू,
वृद्ध संग बिहे गरेर चर्चामा आएकी पुजाको पाँच बर्षका छोरा मिडियामा आएका छन । सानैमा छाडेर गएकी पुजाको छोरोको ६ महिनाको हुदादेखी पालेकी पुजाकी पुर्ब सासु आमाले पुजाको नालीबेली सहित सम्पुर्ण कुराहरु बताएकी छिन । पुजाले सानै उमेरमा आफ्ना छोरासग भागेर बिबाह गरेकी र एक बर्षपछि छोरो जन्मियो । छोरा छ महिनापछी छाडेर गएकी बताइन । त्यसको केही दिन नबित्दै पुजाका पुर्ब श्रीमान अर्थात आफ्ना छोराले पनि घर छाडेर हिडेको उनले बताइन । भावुक हुँदै पुजाकि पुर्बसासुले आफुले गरेका दुख पीडा अनि छोराले छाडेर गएपछी बेपत्ता भएको सुनाइन ।

पुजाले पहिल्यैबाट आफुले धनी केटासँग बिहे गर्ने बताउदै हिड्ने गरेको कुरा पनि उनले बताइन । पुजाले सानैमा छोडेर गएको छोरालाई स्याहार गर्दै गरेकी उनले छ महिनाको बच्चालाई अहिले पाँच बर्षको बनाइन । सानैमा ज्ञानि पुजाका छोराको स्वभाव ठुलोमान्छेको जस्तो रहेको बताइन । कतै खेल्न नजाने अनि धेरै कुरा बुझ्ने बच्चाको बानी देख्दा आफू पनि छक्क पर्ने उनी बताउछिन । पुजा अथवा उनका श्रीमानले उनिहरुको बच्चा लैजाने कुरा गर्दा उनले भावुक हुँदै “आफुले छ महिनाको हुदादेखी हुर्काएको मेरो छोरोलाई अब म कसरी दिन सक्छु बरु मर्न तयार छु तर बाबुलाई कसैलाई दिन्न ।