मुसिकोटमा उधमी प्रतियोगिता अन्तर्गत उत्कृष्ट उद्दमी छनोट

महेन्द्र घिमिरे/मुसिकोट गुल्मी/नबखबर

मुसिकोट नगरपालिका गुल्मीले उधमी प्रतियोगिता अन्तर्गत १० उदमी औपचारिक छनोट घोषणा कार्यक्रम एक समारोह बिच सम्पन्न गरेको छ।

उधमीहरुलाइ प्रतियोगितात्मक तरिकाले पहिचानसङ्गै ब्यबसायमा दुर्तिकरणको कार्य गरिरहेको छ।

मुसिकोट नगरपालिका र दायित्व सहकार्यमा संचालित नगर प्रमुख दायित्व ग्रामीण उधम दुर्तिकरण कार्यक्रम २०७६/०७७ अन्तर्गत उत्कृष्ट २० उधमी मध्येबाट

निर्णायक मन्डलको स्थलगत अनुगमन तथा मुल्यांकन र ब्यबसायिक पार्टीको आधारमा मंगलबार १० उत्कृष्ट उधमी औपचारिक घोषण कार्यक्रम गरिएको हो।

जसमध्ये शालिमे उन्नत पशुपालन समूह,किरण भट्टराई, शंकर जिसी, देव बहादुर घर्ति, कृष्णबहादुर थापा,यम बहादुर खत्री,कृष्णप्रसाद चालिसे, सुदर्सन सिंह ठकुरी,रुद्रावती कृषि फार्म,नमुना महिला समूह रहेका छन्

मुसिकोट नगरपालिका अन्तर्गत कृषि पशुपालन र पर्यटन क्षेत्रमा उधम गरिरहेका कुल १२५ उधमी बाट विभिन्न प्रक्रियामा छनोटहरु पार गर्दै १० उत्कृष्ट उधमीमा पर्न सफल भएका हुन।

‌कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका आर्थिक बिकास समिति तथा वडा न ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले उत्कृष्ट १० मा पर्न सफल उधमिलाइ बधाई एबम सुभकामना ब्यक्त गर्दै

नगरपालिकाले यस कार्यक्रमलाई मह्त्वकोसाथ अगाडि बढाएको र उधमी पहिचान सङ्गै नगरपालिकाको लागि गर्व गर्ने गरि काम गर्न अनुरोध गर्नुभयो।

‌प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले उधमीहरुलाइ बधाई एबम शुभकामना ब्यक्त गर्दै कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने उधमिहरुले स्वरोजगार सङ्गै नगरपालिकाको कृषि पर्यटन र रोजगारको क्षेत्रमा

सहयोग पुर्याउने आशा गर्दै थप व्यावसायिक र नबिनतम तरिकाले ब्यबसाय सचालन गर्न अनुरोध गर्नुभयो।

‌मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्माले मुसिकोट नगरपालिकाले कृषि र पशुपालन क्षेत्रमा काम गर्ने उधमीहरुलाइ नगरपालिकाले विभिन्न किसिमका सहयोग पुराउदै आएको बताउदै उधमी सङ्ग नगरपालिकासगै रहेको बताउनु भयो।

नगरपालिकाले कृषि औजार ५० प्रतिसत अनुदान विभिन्न सिपमुलक तालिम सहुलियतपुर्ण ब्याजदरमा रिण प्रबाह लगायतका कार्य सन्चालन गरिरहेको छ।

मुसिकोट नगरपालिकाले उत्कृष्ट १० उधमीहरुलाइ आफ्नो ब्यबासायलाई दुर्तिकरणका निमित्त ब्रीज कोष अन्तरगत रु ५० हजारका दरले प्रदानसमेत गर्नेछ।

अब उत्कृष्ट १० उधमी मध्यबाट २ प्रथम र दोस्रो उधमी छनोट गरिने छ।

दायित्व परियोजना ब्यबस्थापक निरन्जन पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे पशुसेवा शाखा प्रमुख महेन्द्रराज पन्थी कृषि प्राबिधिक टोप बहादुर वलि लगायतको उपस्थिति रहेको

कार्यक्रमको स्वागत मन्तब्य तथा उद्देश्य बारे परियोजना अधिकृत सुर्य प्रकाश रिजाल र संचालन महेन्द्र घिमिरेको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय