गुल्मीको एक क्लबद्वारा खेलमैदान बनाउने कार्य सुरु,सहयोग उठ्न थाल्यो

विष्णुप्रसाद आचार्य/ भुवन काफ्ले/ नबखबर /मुसिकोट गुल्मी गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा पौदी थामडाडा स्थित सिर्जनशिल नमुना युवा क्लवले खेलमैदान बनाउने निर्णय गरेको छ

क्लवको शनिबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको क्लवका अध्यक्ष भिम पाण्डेले नबखबरलाई जानकारी दिनुभयो स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ अगाडी बढेको क्लवले खेलमैदान बनाउने निर्णय गरेको हो

नेटा पौदी थामडाडा अवस्थित आडाखोलामा खेलमैदान बनाउने निर्णय कार्यसमितिले गरेको बताइएको छ
यस क्लवले विगतका दिनहरुमा पनि रचनात्मक काम गर्दै आएको र

आगामी दिनहरुमा पनि थप सिर्जनशीलताका कामहरु गर्दै अगाडी बढ्ने उद्येश्यका साथ अगाडी बढेको पाण्डेको भनाइ छ

यस्ता रचनात्मक कार्यको लागि निरन्तर क्रियाशील रहेको कारण क्लवले आटेको उक्त खेलमैदान निर्माण कार्यको लागि प्रयाप्त साथ सहयोग र रचनात्मक सुझावको लागि सबैमा अनुरोध गरिएको क्लवले जनाएको छ

पछिल्लो समयमा युवा पिढिहरुको खेलप्रति बढ्दो आकर्षणको कारणले पनि यस कार्य गर्नुपरेको क्लवले जनाएको छ

स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म नै खेलको विकाश तथा क्षेत्र बढ्दै गएकोले र प्रतिस्प्रधात्मक कार्यक्रमहरु समेत आयोजना हुने तर प्रयाप्त खेल्ने ठाउ नभएकोले यस क्षेत्र खेलकुदमै पछाडी परेको र यसको अभाव हटाउन क्लवको यस निर्णयले सहयोग पुराउने खेलाडीहरुको भनाइ छ

यसै क्रममा नेपालि कांग्रेस मुसिकोट नगरकार्य समितिका सचिव मोहन घिमिरेले एघार हजार एक सय एघार र मालिका गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष इन्द्र बहादुर घर्तीले खेल मैदान निर्माणार्थ दश हजार रुपैया स्वेच्छिक रुपमा सहयोग गर्नुभएको क्लवका अध्यक्ष पाण्डेले बताउनुभयो

सहयोगीमनहरुलाई क्लवले उच्च सम्मानका साथ आभार प्रकट गरेको छ
सहयोग गर्ने धेरै सहयोगीहरु सम्पर्कमा रहेको र क्रमश सहयोग रकम जुट्ने कुरामा क्लव आशावादी रहेको बताइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय