पूर्व युवराज पारस शाहले यस्तो बयान दिएर बनाए दुनियाँलाई नै चकित

काठमाडौं । पूर्व युवराज पारस शाह सधैं चर्चामा रहने गर्छन । उनले दिने बयान र गर्ने व्यवहारले सर्वसाधारणमा एक फरक खालको छवि बनेको छ । पूर्व राज परिवारको सदस्य भए पनि शाहलाई अहिले सामान्य अवस्थामा देख्न सकिन्छ । पछिल्लो समय उनी मोडल तथा युट्यबर सोनिका रोकायासँगको संगतका कारण पनि चर्चामा आएका छन् । केही साता पहिले संगै मुस्ताङ्, पोखरा लगायतका ठाउँहरुमा घुम्न गएका तस्बिर भाइरल भएका थिँए ।

बजारमा उनीहरु प्रेम सम्बन्धमा भएको हल्ला भए पनि वास्तवमा उनीहरु प्रेम सम्बन्धमा रहेका छैनन, जुन मान्छेहरुले सोच्दै आएका छन्। रोकायाका अनुसार उनले पारसलाई एक असल शिक्षकको रुपमा लिएकी छिन् । यो सँगै पूर्व युवराज्ञी हिमानी शाह र सन्तानका कारण पनि उत्तिकै चर्चामा रहेका छन् । खासमा कुरा के भने हिमानी र पारस श्रीमान–श्रीमती हुन् ।

सम्बन्ध विच्छेद नभए पनि उनीहरु लामो समय देखि अलग बस्दै आएका छन् । अहिले पारस आफ्नो जीवनप्रति अलिक गम्भीर भएको उनी निकट व्यक्तिहरु बताउँछन् । हिमानी आफ्नै नामको हिमानी ट्रष्ट चलाउँदै आएकी छिन, जसको उदेश्य सामाजिक सेवा मात्रै हो । पारसलाई भन्दा हिमानीलाई प्रेम गर्ने नेपालीहरुको संख्या धेरै रहेको बताइन्छ । उनको व्यवहारबाट धेरै जना प्रभावित भएका छन् । पारसलाई बुझ्न सक्ने मान्छेको अभाव भएको चर्चा भइरहेको छ । अहिले सामाजिक सञ्जालमा पारसको एक रचना भाइरल भएको छ ।

झण्डै १६ हजार बढी लाईक, हजार भन्दा धेरै प्रतिकृया आएको रचना यस्तो छ, ‘सबै मान्छे को मन धमिलो हुदैन । सबै मान्छे नराम्रा हुदैनन्। कहिलेकाही तेल सकीएर पनि दियो नीभेको हुन सक्छ । हरेक समय हावा मात्र दोषी हुदैन । नेपाल’ हुन त यो पेज उनी आफैले चलाउँछन् वा चलाउादैनन् भन्ने कुरा पक्का भएको भने छैन । मान्छेहरु यसलाई उनकै रचना भनेर सेयर गरिरहेका छन् । सबै मान्छे को मन धमिलो हुदैन। सबै मान्छे नराम्रा हुदैनन् । कहिलेकाही तेल सकीयर पनि दियो नीभेको हुन सक्छ । हरेक समय हावा मात्र दोषी हुदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय