साना किसान कृषि सहकारीको आयोजनामा रेसम खेती सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्र घिमिरे गुल्मी साना किसान कृषि सहकारीको आयोजनामा रेसम खेती सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

साना किसान कृषि सहकारी मुसिकोट नगरपालिका वडा न २ ३ र ४ को आयोजनामा रेसम खेती सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम नेपाल रेड्क्रस सोसाइटी मुसिकोट बडागाउ उपशाखाको कार्यलयको सभाहल मुसिकोट नगरपालिका ३ ठुलापोखरामा सम्पन्न भएको छ।मुसिकोट नगरपालिका वडा न २ ३ र ४ कार्यक्षेत्र रहेको यश सहकारी सस्थाको लागि आर्थिक बर्स२०७७/०७८ को लागि

कृषि ज्ञान केन्द्र गुल्मीको ५०/५० लागत साझेदारीमा र ४० लाख बराबरको रेसम खेतीको कार्यसन्चालनको लागि आबश्यक प्रक्रिया र सम्झौता लगायतका बिसयमा जानकारीका लागि उक्त अन्तरक्रिया कायक्रम संचालन गरिएको हो। रेसम खेती १० हेक्टर क्षेत्रफलमा गरिने छ।

यस अन्तरक्रिया कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख कोमल शाहि रेसम खेती बिज्ञ कमान सि थापा कृषि अर्थ बिज्ञ युबराज ढकाल र कृषि अधिकृत हरि प्रसाद आचार्यले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो।

मुसिकोट नगरपालिका वडा न ३ वडा अध्यक्ष तथा पसु बिमा समितिका संयोजक कर्ण ध्वज जि सि ले मन्तब्य व्यक्त गर्नुभएको थियो। वडा अध्यक्ष लक्ष्मण खत्री ओम बहादुर खत्री अन्तर समुहका अध्यक्ष समुहका

अध्यक्ष लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष मधु मल्लको रहेको थियो भने सभाअध्यक्षाता सस्थाका अध्यक्ष हरि प्रसाद छन्तेल र संचालन सदस्य मदन घिमिरेको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय