अछाम / छाउगोठमा एक महिलाको मृत्यु भएको छ ।साफेबगर नगरपालिका ३ डिक्रेनीमा २१ वर्षीया पार्वती रावतको ज्यान गएको हो । गोठमा आगो बालेकाले निस्सासिएर ज्यान गएको हुनसक्ने प्रहरीले जनाएको छ ।
बिहान घरमा नआएपछि जेठाजु छत्र रावतले बोलाउँदा नबोले पछि गोठको ढोका फोडेर भित्र हेर्दा उनी मृत अबस्थामा फेला परेको बताइएको छ ।

महिनावरी भएको ४ दिनमा उनको मृत्यु भएको हो । उनका श्रीमान करन रावत रोजगारीका लागि भारतमा गएको बताइएको छ ।
१८ महिना पहिले उनले प्रेम विवाह गरेको थिइन् ।हालसम्म अछामा १५ जनाभन्दा बढीको गोठमै ज्यान गइसकेको छ । – फाइल तस्बिर