कोरिया जाँदै मेचु धिमाल र अञ्जु राना मगर

काठमाडौं १७ मंसिर / अहिलेको लोकप्रिय रियालिटी शो द भोइस अफ नेपाल सिजन २ का गायिकाद्वय मेचु धिमाल र अञ्जु राना मगर सलनालमा कोरिया जाने भएका छन्।

ओखलढुंगा सेवा समाजद्वारा आयोजना हुने 1974 AD को लाइभ कन्सर्टमा दुई गायिकाको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। उक्त लाइभ कन्सर्ट सलनालको दोश्रो दिन जनवरी २५ मा हुँदैछ।

सन् २०१५ मा स्थापित ओखलढुंगा सेवा समाजले कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ।कोरियामा रहेका नेपाली संघ संस्थाहरु, नेपाली गीतसंगीत प्रेमीहरुलाई कार्यक्रममा उपस्थित भइ सफल बनाइदिन आयोजकले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय