कलिलैमा नेपाललाई स्वर्ण दिलाउने सीना, एसियन च्याम्पियनसीप जित्ने लक्ष्य

भर्खर १९ वर्ष पुगिन्। कलिलो अनुहार जितले रसाईरहेका आँखा परिवारका सदस्यको छेउमा गएर टाँसिइन् अनि सबैले उनलाई एकमुस्ट बधाई दिए।

तेक्वान्दो पुम्सेमा १७ देखी २३ वर्ष उमेर समुहमा उनले नेपाललाई महिला तर्फ पहिलो स्वर्ण दिलाउँदै गर्दा उनमा उत्साह र उमंग अविछिन्न थियो। उनी अर्थात सिना लिम्बु मादेनको।

धरानमा जन्मीएर हुर्किएकी मादेनलाई धरानको मोजमस्तीमा मात्रै भुलिनन्। उनी काठमाडौं लागिन्। सानै देखी अर्थात ११ वर्षबाटै उनी तेक्वान्दोको म्याटमा उत्रिइन्। त्यसोत उनले सुरुवात भने गेरुगीबाटै गरिन्। तर राष्ट्रिय खेलमा उनी मोडिएर पुम्सेमा पुगिन्। जहाँ उनले स्वर्ण जितीन्। त्यसपछिको निरन्तरताले आज उनलाई दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण सम्म पुर्‍याएको छ।

बुबा नविन मादेन र आमा विष्णु लिम्बुका तीन छोरी तीनै जना खेलाडी दुई दिदीहरु रितु मादेन र रिचा मादेन राष्ट्रिय खेलाडी बने। तर कान्छी सिनाले भने बुबा नविनको ठूलो सपना पुरा गरिन्।

नविन आफैपनि प्रशिक्षक हुन्। धरानमा बुबालेनै उनलाई सिनालाई तेक्वान्दोको बाटो हिँडाए। त्यहि बाटोबाट उनले देशलाई स्वर्ण दिन सफल रहिन्। काठमाडौं छिरेपछि सुरुमा उनलाइ अभ्यासका लागि ट्रेनिङ हल छिर्दै गर्दा धेरै डर थौरै उत्साह थियो। कीनकी उनी एक्ली थिइन्। साथिहरु बनेका थिएनन्। तर विस्तारै उनको डर कम हुँदै गयो भने उत्साह बढ्दै गयो। साथिहरु र गुरुको साथले उनी परिवारको न्यास्रो पचाउन केहि अभ्यस्त बनिन्।

उनी आफ्नो सपना पुरा भएपछि भनिन् ‘बुबाको सपना सागमा गोल्ड जित्ने थियो। मेरो सपना पनि गोल्ड जित्ने थियो। दुबैको सपनाले आज सार्थक्ता पाएको छ। साँचिकै देशका लागि बुबा छोरीको सपनाले सार्थक्ता पाउँदा निशब्द होइंदो रहेछ ।’ निकै परिपक्क देखिइन् सिना।

त्यसोत सिनाले छनोटमा सबै खेलाडीलाई हराएर सागको क्लोज क्याम्पमा पुगिन्। त्यसपछि सबै परिवारको साथ र गुरुहरुको मायाले उनलाई एउटा लक्ष्य पुरामा सहयोग मिल्यो अब उनलाई एसियन च्याम्पियनसिप जित्ने रहर छ।

निकै क्युवट मादेनलाई खेलसँगै मोडलिङका अफरहरु पनि आए। उनको खेलसँगै सुन्दरताको तारिफ गर्नेको संख्या यो सहरमा कम छैन्। तर शालिन र परिपक्क देखिएकी सिना मुस्कुराउँदै भन्छीन् ‘धेरैले राम्रो भन्नु हुन्छ। तर मैले खेल बाहेक अन्य क्षेत्रमा जानेबारे सोचेको छैन्। अबको लक्ष्य एसियन च्याम्पियनसिप हो।’

लक्ष्य लिएर हिँडेकी यि किशोरीले एउटा ठुलो सफलता आफुलेमात्र पाइनन्। सिँगो देशलाई दिइन्। त्यसैले उनले जाँदा जाँदै हँस्यौली पारमा भनिन् ‘म मेडल दिलाउन दिलोज्यान दिन्छु । तपाँइहरु हामीलाई हौस्याउन सँधै साथ दिनुहोस है।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय