प्याजको मुल्य घट्यो

काठमाडौं। चीनबाट प्याज भित्रिन थालेपछि नेपाली बजारमा मूल्य घटेको छ । पछिल्लो साता २ सय ४५ प्रतिशतसम्म मूल्य बढेको प्याज दुई दिनमा ११ प्रतिशतले घटेको छ ।

शनिबार खुद्रा मूल्य १ सय ९० रुपैयाँ प्रति किलोग्राम घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजार पनि प्रभावित बन्यो । जसका कारण प्रति किलोग्राम २ सय ४० रुपैयाँसम्म प्याजको मूल्य कायम भएको थियो ।दुई दिनयता भने प्याजको मूल्य घटेको छ । कालीमाटी बजारमा सुकेको प्याँज १ सय ९० र सेतो प्याँज १ सय ८० रुपैयाँमा विक्रि भएको छ । चीनबाट आयात बढेको र भारतबाट अवैद्यरुपमा भित्रिएका कारण मूल्य घटेको व्यवसायीहरुले जानकारी दिएका छन् ।

चीनबाट आयात प्याज कालीमाटीसम्म आइपुग्दा प्रति किलो ८० रुपैयाँ पर्न आउँछ । विचौलियाँहरुले दुईओटा विल बनाएर घोटाला गरेको व्यवसायीहरु नै बताउँछन् । विचौलियाहरुले प्रतिकिलो १ सय ८० को बिल बनाउने तर, वास्ताविक मुल्य भने १०० रुपैयाँ प्रतिकिलो मात्र राख्ने गरेका छन् ।

भारतबाट आयात बन्द भएपछि चीनबाट ल्याउन थालिएको छ । चीनको प्याँज आकार ठुलो तर, स्वादिलो नहुने भएकाले उपभोक्ताले त्यति रुचाउदैनन । प्याज २० रुपैयाँले कमि आएपनि भारतले निर्यात बन्द गरेको शुरुका दिनको तुलनामा अझै ४८ दशमलव ४४ प्रतिशतले महँगो पर्न आउँछ ।

सरकारले स्वदेशमै उत्पादन बढाउन प्याज मिसन कार्यक्रम तराईक्षेत्रको राजविराज, धनुषा लगायतका जिल्लामा विशेष अनुदान दिएर सुरु गरेको थियो । तर, कृषि विज्ञहरुले कृषिमा दिइने अनुदान वास्तविक कृषकमा नपुगेकाले सरकारी फितलो नीतिकै कारण उपभोत्ताले अभाव सँगै मूल्यवृद्धि झेल्न परेको बताउछन् । पछिल्लो तीन महिनामा ७ लाख ३६ हजार केजी भारतबाट र ४१ हजार केजी चीनबाट प्याँज आयात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय