मुसिकोट नगरपालिकाका कर्मचारीको आयोजनामा शो’कसभा सप्पन्न

महेन्द्र घिमिरे /मुसिकोट गुल्मी /नबखबर

मुसिकोट नगरपालिकाका कर्मचारीको आयोजनामा बड़ागाउमा शो’कसभा सप्पन्न भएको छ ।

मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्तेल,

पशुपति नि मा बि का प्र अ जुक्त बहादुर छन्तेल

र स्व यम प्रसाद छन्तेलको ममतामयी माता स्व धनिश्वरा छन्तेलको यहि माघ २५ गतेका दिन ८७ वर्षमा भएको असमायिक निधनको ५ औ दिनको पुण्य तिथिमा उक्त सभा आयोजना गरिएको हो।

शोक सभामा शोक मन्तब्य ब्यक्त गर्दै मुसिकोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले उहाको निधनले सिङ्गो नगरपालिका नै मर्माहत एब स्तब्ध भएको बताउदै
दिवंगत आत्माप्रती हार्दिक श्रद्धाञ्जली एबम  शोक सन्तप्त परिबार प्रती गहिरो समबेदना प्रकट गर्नु भयो।

कार्यक्रममा गगा प्राबी का प्र अ कौरब खत्रीले गगा प्रा बि र झरुवा बालबिकास को तर्फबाट समबेदना पत्र बाचन गरेर सुनाउनु भएको थियो।

कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल स्वास्थ्य संयोजक डि बि जि सि

प्रसासन शाखा प्रमुख प्रकाश घिमिरे बाँस साखा सयोजक सीता भुसाल शाखा प्रमुखहरु कर्मचारी मुसिकोट नगरपालिका २ का वडा सदस्य नर बहादुर खत्री

खस्थोक मा बि प्र अ कृष्ण बहादुर सुर्यबशी, बि ब्य स अध्यक्ष दिपक महत, गगा प्रा बि प्र अ कौरब खत्री, बि ब्य स अध्यक्ष जनक खत्री,

शिक्षक लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन महेन्द्र घिमिरेको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय