१६ मंसिर ,कालिकोट ।
उर्जामन्त्री र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीलाई लक्षित गरी सोमबार ब म वि ष्फो ट भएकाे छ ।

फुकोड कर्णाली हाइड्रोको अनुगमनका लागि कालिकोटको रास्कोट पुग्नुभएका उर्जामन्त्री बर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी सोमबार दुइवटा ब म वि ष्फो ट भएका हुन् ।
हेलिकप्टर मार्फत कालिकोट पुगेका उर्जा मन्त्री पुन र मुख्यमन्त्री शाही रास्कोट नगरपालिका सान्तिघाट कार्यक्रममा सहभागि भइरहेका थिए ।
रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले कार्यक्रम स्थलभन्दा एक किलोमिटर परको जङ्गलमा भएको ब म वि ष्फो ट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले गराएको हुनसक्ने अनुमान गरेका छन् । वि ष्फो टबाट क्षति भने नभएको बताउँदै अध्यक्ष शाहीले घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
फुकोड कर्णाली हाइड्रोको अनुगमन कार्यक्रममा उर्जामन्त्री बर्षमान पुन, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, प्रदेशसभा सदस्य कुमराज शाही, नेकपा जिल्ला अध्यक्ष धनजित शाही र सचिव नगिन्द्र शाही शाही लगायत स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
यसअघि पनि जेठ १५ गते पलाँता गाउँपालिकामा र पचालझरना गाँपालिकामा जादा, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर ब म वि ष्फो ट भएको थियो ।