असल र ईमान्दार केटा पाए बिहे गर्छु , कोइ छ

दम्पत्तिका बीचमा सब चल्छ भन्दै गोप्य दृश्य छायांकन गर्ने प्रवृत्ति बढेको छ ।

अझ इन्टरनेटको जमानामा नेटमा हेर्दै विभिन्न आसनका क्रियाकलाप छायांकन गर्ने र बुढाबुढी रमाइलो गर्नेको संख्या दिनप्रतिदिन बढिरहको बताइन्छ ।कारणबश अलगअलग ठाऊंमा बस्ने गरेका दम्पत्तिका बीचमा

साँझको समयमा फाइबर, फेसबुक र स्काइपमा शारीरिक हाउभाउसहितको नग्न संवाद हुने गर्दछ ।

यस्ता दृश्य रेकर्ड गर्ने र अघिपछि हेर्नेपनि गरिन्छ । तर, यही भिडियो नै बर्बादी बनेर निम्तिन सक्छ ।

अहिले काठमाडौंमा एक दम्पत्ति यस्तै समस्या लिएर प्रहरीको पुगेका छन् ।

तपाईले खिचेको अति गोप्य भिडियो विभिन्न हिसावले लिक हुन सक्छ ।

१) मोबाइल, कम्पुटर हराएमाः तपाईको मोबाइल वा कम्पुटर जुनसुकै बेला हराउन सक्छ । हराएपछि जस्को फेलापनि पर्न सक्छ ।

त्यस्तो अबश्थामा हराएको माल भन्दा त्यहां रहेको तपाईको गोप्य भीडियोले तपाईलाई बढी क्षति पुर्याउन सक्छ ।

मानिलिऔं, सो भिडियो कसैले फेक आइडी बनाएर अपलोड गरिदियो ? वा तपाईसँग मोलमोलाइ गर्न थाल्यो ? वा अरु केही ? तपाई हरदम डरमा रहिरहनुहुनेछ ।

२) सुटुक्क कपि हुनसक्छः तपाईको मोबाइल वा कम्पुटर चोरी नहुन सक्छ तर अरुको हातमा कुनै न कुनै बेला पर्न सक्छ । त्यस्तो अवस्थामा भिडियो कपी गर्न सकिन्छ ।

अथवा अर्को मोवाइल वा कम्पुटरमा पठाउन सकिन्छ । ब्लुटुथ, फेसबुक भाइबर वा कुनै माध्यममा कहिलेकाहीं झुक्किएरपनि जान सक्छ । तपाईकै हातबाटपनि झुक्किएर अरुकोमा पुग्न सक्छ ।

३) ह्याकरले जेपनि गर्न सक्छन्ः तपाईको मोवाइल कम्पुटर लक हुन सक्छ । तर, यो लक सोझा साझाका लागि मात्रै बार हो । ह्याकरहरुले तपाईको गोप्य माल सहजै पहिलाउन सक्छन् । अमेरिकाको गोप्य डकुमेन्ट चुहाउन सक्नेले तपाईको माल के बाँकी राख्लान् ?

४) भाइरसले बर्बाद बनाउन सक्छः कम्पुटर वा मोबाइल ( वा अन्य कुनै )मा फाइरस लागेमा खतरा हुनसक्छ ।

भिडियो आफै अरुकोमा जानपनि सक्छ । गएको छ भन्ने तपाईलाई थाह नहुनपनि सक्छ । तर, बाहिर यसले डडेलो लगाइसकेको हुन्छ ।

५) नेटवर्किङः तपाईले प्रयोग गरेको नेटवर्किङका बीचमा भिडियो आदानप्रदान गर्ने व्यवश्था हुनसक्छ । यस्तो अवश्थामा तपाईले गोप्य ठानेपनि गोप्यता साझा भइसकेको हुन्छ ।

के गर्ने ?

दम्पत्ति वा प्रेमी प्रेमिका भनेको छायांकनका लागि होइन । सम्बन्ध हुनसक्छ तर त्यो रेकर्ड राख्ने विषय होइन ।

फेरी सम्बन्ध सधैं उस्तै रहन्छ भन्ने पनि छैन । कहिलेकाहीं रिस फेर्नपनि जानीजानी भिडियो लिक गराउने गरेको पाइन्छ । त्यसैले सकेसम्म त्यस्ता भिडियो नखिचौं । खिच्नै मन लागे तत्काल सदाका लागि डिलिट गरौं ।

तपाईले डिलिट गरे भन्ठानेको भिडियो रिसाइकल बिनमा सुरक्षित रहेको हुनसक्छ ।

यौ न भिडियो लिक भएपछि धेरैलाई जीबनभर धक्का लागेको छ । नेपालकै एक नायिकाको प्रेमीसँगको सम्बन्ध लिक भएको थियो । क्षणिक रमाइलोका लागि छाँयाकन गरेको भिडियाले जीबनभर पोल्न सक्छ । होसियार बनौं ।

मोबाइलमा आफ्नो गोप्य फोटो र डाटा राख्न यसो गर्नुहोस

तपाईको मोबाइलमा धेरै राजहरु हुन्छन् , जुन तपाईलाई थाहा नहुनपनि सक्छ । यदी तपाइको मोबाइल हरायो भने गलत हातमापनि पुग्न सक्छ ।

गलत हातमा पुगेको तपाईको मोबाइलमा भएको म्यासेज ,फोटोहरु गलत प्रयोग हुनसक्छ । यस्तो गोपनीय वा संवेदनशील चीजको लागि मोबाइलमा एक गोप्य फोल्डर हुने गर्दछ ।

तपाईको मोबाइलमा फाइल एक्सप्लोररमा जानुहोस र नयाँ फोल्डर बनाउनकोलागि टाइप गर्नुहोस् । त्यसमा गोप्य फोल्डरको एक बिकल्प हुन्छ ।

फोल्डर बनाउदा फोल्डरको नाम A बाट सुरु गर्नुपर्दछ जसले गर्दा गोप्य फोल्डरमा रुपान्तरित हुन्छ । फोल्डर बनेपछि त्यसमा डाटा,फोटो र विभिन्न भिडीयो राख्न सक्नुहुन्छ । यो फोल्डरमा रहेको डाटालाई एनड्रोएड अपरेटिङ सिस्टमलेपनि रिड गर्न सक्दैन ।

सो फोल्डरलाई मात्र फाइल मैनेजरको माध्यमबाट हेर्न सकिन्छ । तर यो फोल्डरलाई पनि गोप्पे राख्न सकिन्छ । फोटो र फाइललाई पनि पासवर्ड प्रोटेक्ट गर्न सकिन्छ ।

यदी पासवर्ड प्रोटेक्ट गर्न चाहनुहुन्छ भने त्यसको लागि पनि एप एनक्यु सेक्यूरिटी र वॉल्टीले प्राइवेसी बढ़ाउन मद्दत गर्दछ ।

तपाईको मोबाइलमा राखिएको गोप्य सामाग्री गोप्य नरहन सक्ला, त्यो कसरी थाहा पाउनुहोस !

तपाई स्मार्टफोन प्रयोग गर्नुहुन्छ ? गर्नुहुन्छ भने यसका फाइदा र बेफाइदाबारे जान्न उत्तिकै जरुरी छ । हुन त प्रविधिको विकासले मानिसहरुलाई जति सघाईरहेको छ र कामलाई जसरी सजिलो बनाईरहेको छ उति नै प्रविधिले मानिसलाई अप्ठ्यारोमा पनि पार्न सक्छ ।

स्मार्टफोन तपाईको नीजि प्रयोगमा आउने प्रविधि हो । तर तपाई यस्तो गल्ती नगर्नुहोस् । यो नीजि मात्रै होइन । यसका केही बेफाइदाका बारेमा थाहा पाउनुभयो भने हैरान हुनुहुनेछ ।

तपाईले फोटो, भिडियो वा अन्य केही व्यक्तिगत फाइल स्मार्टफोनको इनटरनल मेमोरीमा सेभ गर्नुभएको छ भने त्यो गोप्य रहँदैन । उक्त स्मार्टफोन अर्को कुनै व्यक्तिको हातमा पार्नासाथ तपाईले सेभ गर्नुभएको फाइल सबै पुन हेर्न सकिन्छ ।

यसरी सामान्य मानिसले गर्ने गल्तीले मानिसको जिवन समेत नसोचेको बर्बादीतिर जान सक्छ । केही मुलुकहरु सेक्सटेपको रुपमा बाहिर आएका नीजि सेक्स फुटेजहरु यस्तै गल्तिका कारण बाहिरिएका हुन् ।

तपाई कुनै पनि सामाग्री खिचेपश्चात वा सेभ गरेपश्चात डिलेट गरेपश्चात त्यो स्मार्टफोनमा रहँदैन भन्ने मान्नुहुन्छ भने त्यो गलत हो । फोनको इन्टरनल मेमोरीमा सेभ भएका सामाग्रीहरु कुनैपनि बेला पुन रिस्टोर गर्न सकन्छि ।

अझ नवजवान युवायुवतीले आफ्ना स्मार्टफोनहरुमा आफ्ना विवाहित या प्रेमजिवनका रमाइला र यौनजन्य क्लिपहरु लिने गर्छन् । उनीहरु नसोचेको समस्यामा पर्ने जोखिम झन बढी हुनेगर्छ ।

तपाई पुरानो भएपछि फोन अरु कसैलाई बेच्नुहुन्छ भने उसले तपाईका पुराना डाटाहरु पनि पाईरहेको छ भनेर बुझ्नुपर्छ । उसले चाहेको बेलामा तपाईले डिलेट गरेका फाइलहरु रिस्टोर गरेर तपाईका गोप्य सामाग्री हेर्न सक्छ ।

तपाई फोन बिग्रिएर मर्मत गर्न दिनुहुन्छ भनेपनि मर्मत गर्ने मानिसले तपाईको डाटा हेर्न सक्छ । यसरी तपाईको व्यक्तिगत वा संवेदनशिल डाटा अरुको हातमा पर्न सक्छ ।

बच्ने केही उपाएहरु

तपाई स्मार्टफोनको इनटरनल मेमोरीमा त्यस्ता केहीपनि गोप्य सामाग्री सेभ नगर्नुस् । यदी केही आफ्ना नीजि डाटा राख्न परेको खण्डमा स्मार्टफोनमा प्रयोग हुने एक्स्ट्रनल मेमोरी कार्डमा मात्रै सेभ गर्नुहोस् ।

र उक्त मेमोरीकार्ड फोन मर्मत गर्न दिदा वा कतै एक्स्चेन्ज गर्दा एक्स्ट्रनल कार्ड नदिएर आफैसँग राख्नुहोस् ।

त्यसरी सेभ गरेको मेमोरीकार्ड विग्रिएको खण्डमा मर्मतका लागी नलैजानुहोस् । त्यसलाई सिधै नष्ट गर्नुहोस् ।

यदी फोनमा तपाईलाई नीजि डाटा सेभ भएको शंका भए उक्त फोन तपाईले प्रयोग गरिसकेपश्चात नष्ट गर्नुहोस् ताकि कतै बेच्ने या एक्स्चेन्ज नगर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय