जब खानेकुरा राम्ररी पच्दैन,अनेक समया आउछन

जब हाम्रो पाचन यन्त्र कमजोर हुन्छ, अनेकौ रोगले सताउन थाल्छ ।

खाएको कुरा राम्ररी पचेन भने हाम्रो शरीरमा पोषण पनि अपर्याप्त हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता गुमाउँछ ।

सुस्त पाचनको कारणले कतिसम्म दुख पाइन्छ भन्ने कुरा तिनीहरुलाई बढि थाहा हुन्छ जो ग्यास्ट्रिक, कब्जियत वा डाइरियाबाट पिडित छन् ।

पाचनतन्त्रले खानेकुरालाई सानो सानो टुक्रामा, जस्तै ग्लुकोज, एमिनो एसिड, फ्याटी एसिडमा तोड्छ ।

त्यसपश्चात यी पौष्टिक तत्व तपाईंको रगतमा समाहित हुन्छन् र शरीरका विभिन्न भागमा पुग्छन् ।

 

पाचनको प्रक्रिया मुखबाट सुरु हुन्छ, जहाँ तपाईंको दाँतले भोजनलाई पिसेर ¥यालमा रहेका इन्जाइम्सले यसलाई टुक्र्याउन सुरु गर्छ । त्यसपछि आधा पचेको भोजन हाम्रो सानो आन्द्रामा पुग्छ ।

त्यसपछि भोजनलाई ठूलो आन्द्रामा पठाइन्छ । र, यसका उपयोगी पदार्थहरु शरीरले ग्रहण गर्छ । बाँकी भोजन त्यागका लागि ठूलो आन्द्राबाट बाहिर निकालिन्छ । यति जटिल पाचनतन्त्रलाई स्वस्थ राख्नु हाम्रो जिम्मेवारी हो । तर कसरी ?

सही तरिकाले खाने

सँधै समयमा खाना खाने गरौं । यसको समय यताउति हुनु हुँदैन । खाना बिस्तारै खानुपर्छ । बढि भन्दा बढि चबाएर मात्र निल्नुपर्छ ।

यदि तपाईं अक्सर पेटको गडबडी वा अपचबाट पिडित हो भने खाना खाने समयलाई अलि अगाडि सार्नुपर्छ । सुत्नुभन्दा ३ देखि ४ घन्टा अगाडि खाना खाइसक्नुपर्छ ।

फाइबरयुक्त भोजन

फाइबर तपाईंको पाचनतन्त्रका लागि एकदमै उपयोगी हुन्छ । घुलनशील फाइबरले पानीलाई अवशोषित गर्छ र तपाईंको निस्काशन सही हुन्छ, जो आफ्नो आन्द्रामार्फत सजिलै बाहिर निस्किन्छ ।

खानामा फाइबर कम हुँदा कब्जियत, इर्रिटेबल बाउल सिन्ड्रोम, डाइभर्टिकुलिटिस र कोलन क्यान्सर जस्ता पाचनतन्त्रसँग सम्वन्धित कयौं विकार उत्पन्न हुन सक्छन् ।

पानी प्रशस्त

महिलाहरुले प्रत्येक दिन २.१ लीटर तरल पदार्थ तथा पुरुषले २.६ लिटर पानी पिउनु आवश्यक हुन्छ । गर्मी मौसम वा शारीरिक परिश्रम गरेर पसिना बाहिर निस्किएको छ भने झन् बढि परिमाणमा पिउनुपर्छ ।

प्रो बायोटिक्सको सेवन

प्रो बायोटिक्स एक यस्तो ब्याक्टेरिया हो जसले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ ।

यो डायरिया र इर्रिटेबल बाउल सिन्ड्रोम जस्ता अवस्थाहरुमा पनि निकै सहयोगी सावित हुन सक्छ । यस्तो ब्याक्टेरियाले आन्द्राको अम्लतालाई बढाएर हानिकारक जीवाणूहरुको विकासलाई रोक्न मद्दत पु¥याउँछ ।

दहीमा प्रोबायोटिक्स हुने भएकाले यसको सेवन गर्नु फाइदाजनक हुनेछ ।

अमिलो फलको सेवन

आफ्नो पाचनमा सुधार ल्याउने विषयमा सोच्दा तपाईंको दिमागमा अमिलो फल पक्कै आउँदैन । तर, निबुवाको रस पारम्परिक रुपमा पाचनका लागि प्रयोग गरिदै आएको छ ।

निबुवाको गन्ध र स्वाद दुवैले अत्यधिक र उत्पादन गर्न मद्दत गर्नेछ । निबुवाजस्तै सुन्तला पनि पाचन प्रणालीमा सहयोगी हुन सक्छ ।

जडिबुटी र मसलाको प्रयोग

जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, बल्कि यसले तपाईंको पाचनमा पनि सहयोग पु¥याउँछ । यसको स्वाद र गन्ध दुवै ग्यास्ट्रिक र ¥याल पैदा गर्न सहायक हुन्छ ।

उदाहरणका लागि धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले तपाईंको पित्त अम्ललाई बढाएर कार्बोहाइड्रट र बोसोलाई पचाउन मद्दत पु¥याउन सक्छ ।

धुम्रपान त्यागौं

धुम्रपान गर्दा यसले तपाईंको खाद्यनलीभन्दा मुनि माँसपेशीहरुलाई कमजोर बनाउँछ । जसबाट पेटमा एसिड बन्ने प्रक्रियालाई रोक्न थुप्रै समस्या उत्पन्न हुन्छ ।

यसैगरी थोरै रक्सी पिउनु वा सिमामा बसेर पिउनुले तपाईंको शरीरलाई कुनै हानी गर्दैन । तर, बढि रक्सी पिउँदा यसले पेटमा एसिडको उत्पादन बढाउन सक्छ । र, अन्य पाचनसम्वन्धि समस्याहरुलाई पनि निम्तो दिन सक्छ ।

वोसोयुक्त भोजन परहेज

बढि बोसोयुक्त भोजन पच्न लामो समय लाग्छ, जसको कारणले पेटको बोझ बढ्न जान्छ र उच्च बोसोयुक्त खाद्य पदार्थको बदला माछा र लीन मिट जस्ता बोसो कम भएका खानेकुरा खानु उपयुक्त हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय