मुटु शरीर बाहिर भएकी ५ वर्षकी बालिका, जसको शरिर देख्दा डराउछां

५ वर्षकी बालिकाको मुटु बाहिर छ र पनि उनी सामान्य दिन बिताइरहेकी छिन् ।

वेरसाविया नामकी बच्ची को मुटु जन्म देखि नै शरीरको बाहिर निक्लेको हो ।मुटु बाहिर निस्केको देखेर अरुलाई डर लागेपनि उनले भने सहजै हिडीरहेकी हुन्छिन् ।

रुसबाट आफ्नो नानीको उप चार को लागि बाबुआमा अमेरिका पुगेका छन् ।डाक्टरहरु बाहिर निस्केको मुटुको सर्जरी गर्नलाई

तत्काल नमानेपनि तयारी अवस्थामा बस्न र २ वर्षपछि गर्ने सल्लाह दिएका छन् ।

जन्मजात नै बिरामी नानीको धड्कन चलेको बाहिरबाट नै स्पस्ट देखिन्छ । डाक्टरले १ मिलियनमा ५ जनामा हुनसक्ने यो समस्या बताउदै भनेका छन् वेरसाविया भाग्यशाली बच्ची हुन् र उनको उपचार हुने निस्चित छ ।

यो पनि पढ्नुहोस्

गर्न सके के हुँदैन र ? आफ्नै माटोमा सुन फल्छ । काम गर्न आँट चाहिन्छ र सफल बन्नका लागि धैर्य ।

यसको एक ज्वलन्त उदाहरण हुन्– देवी दाहाल । प्रदेश १ को शिवसताक्षी नगरपालिका, झापाकी उनी एक सफल महिला उद्यमी हुन् । उनी एक सफल मौरीपालक कृषकसमेत हुन् ।

२०६०/६१ सालदेखि व्यावसायिक रुपमै मौरीपालन व्यवसायमा लागेकी दाहालले सुरुवाती दिनमा जम्मा १२ सय रुपैयाँ लगानी गरेकी थिइन् ।

दुई गोला ९घार० मौरी पालनबाट व्यावसायिक यात्रा थालनी गरेकी दाहालसँग आज ९ सय गोला मौरी छन् भने वार्षिक ३५ लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्छिन् ।

दैनिक गुजारा चलाउनसमेत निकै कठिनाई पर्ने परिस्थितिमा मौरीपालनले आफ्नो जीवनशैलीमै परिवर्तन ल्याएको दाहालको भनाइ छ । गरिबी र बेरसको आफ्नो जीवनलाई मौरीले नै महजस्तै रसिलो मिठास बनाइदिएको उनी बताउँछिन् ।

‘मौरी नै मेरो जीवनको अभिन्न अङ्ग हो । अहिले म जुन स्थानमा छु, त्यो सबै मौरीकै देन हो,’ उनले भनिन्, ‘दुःख र गरिबीमा डुबेको मेरो जीवन आज मौरीले नै पार लगाइदिएको छ ।’

आफ्नो दैनिक गुजाराका लागि अरुको घरमा जुठा भाँडा माझ्नुपर्ने, मेलापात गर्नुपर्ने अवस्थाबाट गुज्रिएकी उनी मौरीपालन व्यवसायबाटै अहिले घर–घडेरी जोड्न सफल भएको र छोराछोरीलाई उच्च शिक्षा दिन सकेको बताउँछिन् ।

त्यसो त सुरुवाती दिनमा दुःखमा डुबेको आफ्नो जीवन पार लगाउनका लागि उनमा विदेशिने सोच नआएको होइन ।

पैसाकै लागि विदेश जाने र केही पैसा कमाएर राम्रोसँग घर–व्यवहार, परिवार चलाउने उनको सोच थियो । तर, जब उनी मौरीपालनतर्फ आकर्षित भइन्, त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।

उनले भनिन्, ‘छाना र मानाकै लागि विदेश जान तयार भएकी म, अहिले घरमै बसेर वार्षिक झण्डै ३५ लाख रुपैयाँ आर्जन गर्दैछु ।’ त्यसो त दाहालको मात्र होइन, अहिले मौरीपालन व्यवसायकै कारण झापाका यस्ता धेरै महिलाको दैनिकी फेरिएको छ ।

शिवसताक्षी नगरपालिका–११, दूधेमा संगठित रुपमै महिलाहरु मौरीपालन व्यवसायमा लागेका छन् ।

श्री सतासी महिला मौरी पालन सहकारी संस्था लि।मार्फत् महिलाहरुले व्यावसायिक मौरीपालन गरिरहेका छन् भने सोही सहकारीमार्फत् वार्षिक करिब ६० हजार टन मह उत्पादन गर्दै आएको सहकारी व्यवस्थापकसमेत रहेकी उद्यमी दाहाल बताउँछिन् ।

उत्पादित महलाई सहकारीले नै प्रशोधन गरी देशका विभिन्न स्थानमा विक्रीवितरणका लागि पठाउने गरेको उनको भनाइ छ ।

व्यावसायिक रुपमै सफल मानिएको सतासी महिला मौरी पालन सहकारीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सरकारबाट अनुदानसमेत मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय