स्कुलमा उल्कापिण्ड खसेपछि वैज्ञानिक उत्साहित हुँदै दौडेर पुगे

काठमाडौं। अस्ट्रेलियाको उत्तरी क्वीन्सल्याण्डको एक प्राथमिक स्कुलको खेलमैदानमा आकाशबाट उल्कापिण्ड खस्यो ।

आसपासको क्षेत्रमा यो खबर डढेलोझैं फैलियो । मैदानमा उल्कापिण्डका कारण धाँस उखेलिएको थियो । यो खस्दा खाल्डो परेको थियो र पिण्डबाट धुवाँ निस्किरहेको थियो । खबर थाहा पाउनासाथ नासाका वैज्ञानिक उत्साहित हुँदै जाँचका लागि पुगे तर उनीहरु जिल्ल परेर फर्किनुपर्यो ।

उत्तरी क्वीन्सल्याण्डको मालंडा स्टेट स्कुलका प्रिन्सिपल मार्क एलनका अनुसार यो घटनाका विषयमा सोध्न उनीहरुलाई संसारभरबाट फोन आइरहेका छन् ।

डेलीमेलका अनुसार पिण्ड खसेपछि त्यो ठाउँ घेराबन्दी गरिएको थियो ।

पुलिसले सुरक्षा दिएको थियो र नासाका वैज्ञानिक जाँचका लागि पुगेका थिए । जब वैज्ञानिकहरुले स्कुलका शिक्षक तथा अन्यसँग सोधपुछ गरे र उल्कापिण्डको जाँच गरे त्यसपछि उनीहरु जिल्ल परे ।

मार्क एलनले वैज्ञानिकहरुलाई यो अन्तरिक्षबाट खसेको उल्कापिण्ड नभएको बताएका थिए । यो त स्कुलले विद्यार्थीहरुलाई उल्कापिण्डको बारेमा जानकारी दिनको लागि गरेको प्रयोगात्मक कक्षा थियो ।

प्रिन्सिपल मार्क एलनका अनुसार विद्यार्थीहरुलाई उल्कापिण्ड खसेको बारे रिपोर्ट तयार गर्न भनिएको थियो । विद्यार्थीहरुलाई प्रत्यक्षदर्शीसँग कुरा गर्न र पुलिसको सक्रियताबारे पनि रिपोर्टमा उल्लेख गर्न भनिएको थियो । यसको लागि पुलिसको पनि सहयोग लिइएको थियो ।

सामाजिक संजालमा भने यसबारे विस्तृतमा नबताइ स्कुलमा एउटा उल्कापिण्ड खसेको भन्दै पोस्ट गरिएको थियो । सामाजिक संजालमा पोस्ट देखेपछि नासाका वैज्ञानिक त्यहाँ पुगेका थिए तर जब वास्तविकता थाहा भयो त्यसपछि भने उनीहरु चकित परे ।

उल्कापिण्डको ल्याण्डिङ एकदमै वास्तविक देखिएको थियो त्यसैले सबै झुक्किएका थिए । एउटा सानो स्कुलको कक्षालाई विश्वले यसरी हेर्नेछ भन्ने कसैलाई अनुमान थिएन ।

यो पनि पढ्नुहोस्

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संघर्षको बाटो छोडेर पलायन नहुने दावी गर्नुभएको छ ।

आज बिहान लालितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो– ‘हामी संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा छौँ ।

यो बाटो छोडेर हामी कोही पनि नेता पलायन हुने छैनौं ’ ।यस्तै उहाँलृे राम्रा दिमाग भएकाहरू प्रतिगमनको विरोधमा रहेको बताउनुभएको छ ।

नागरिक समाज, लेखक र बुद्धिजिवीहरु सरकारको असंवैधानिक कदमको विरोधमा रहेको अध्यक्ष प्रचण्डको तर्क छ ।

‘यो पार्टीभित्रको मात्रै विवाद होइन ।

यो प्रतिगमनका पक्षमा र संविधानको पक्षमा भएको हमला हो,’ उनले भने, ‘अहिले किन नागरिक समाज, लेखक, बुद्धिजिवी प्रतिगमनको विरुद्धमा आएका छन्, उनीहरू कम्युनिष्ट होइनन् ।

यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन् ।’

एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको उहाँको भनाई छ । ‘एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिएको छैन,’ उहाँले भन्नुभयो ‘यो बेला प्रतिगमनविरुद्धको नारामा फोकस नभएर दशथरीको नारा लगाउनुभन्दा

एउटै विषयमा फोकस हौं भनेको हो, त्यसले आन्दोलन प्रहारको निशाना कमजोर हुन्छ भनेर मैले रोकें ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय