म गर्भवती बन्न चाहान्छु तर आमा बन्न चाहन्न म के गरुँ

पछिल्लो १० बर्षदेखि म बच्चालाई आफ्नो पेटमा हुर्काउन र उसलाई जन्म दिने सपना देखिरहेको छु ।

तर, म बच्चा सँधैका लागि आफूसँग राख्न चाहान्न, न त म आमा नै बन्न चाहान्छु । यसै कारणले मैले ‘सेरोगेट मदर’ बन्ने निर्णय लिएँ, जसकारण प्रसुतीपछि मलाई बच्चा मसँगै राख्न नपरोस् । सेरोगेट आमा बन्ने विचार म २१ बर्ष हुँदा नै आएको थियो ।

म खाली गर्भवती हुनुको अनुभव लिन चाहान्छ् । म यति बुझ्न चाहान्छु, एउटा बच्चा मेरो शरीरभित्र कसरी विकसित हुन्छ

र म उसलाई आफ्नो गर्भभित्र कसरी हुर्काउन सक्छु ?

म आफ्नो शरीरमा आउने परिवर्तनलाई हेर्न चाहान्छु, महशुस गर्न चाहन्छु । मेरो छाला कसरी तन्किन्छ हेर्न चाहान्छु । म आफ्नो शरीरभित्र रहेको बच्चाको हलचललाई महशुस गर्न चाहान्छु ।

मैले सेरोगेसीका बारेमा फिल्ममा हेरेँ र इन्टरनेटमा यसबारे पढेँ । त्यसपछि मलाई लाग्यो ‘म यही गर्न चाहान्छु ।’ म एक लामो स’म्बन्धमा रहे ।

म जस्तै मेरो पूर्वप्रेमी पनि बच्चा चाहँदैन थिए, सेरोगेसीमा मेरो जति उनको लगाव थिएन । उसले कहिल्यै बुझेन म आफ्नो स्वास्थ्यलाई खतरामा राखेर किन गर्भवती हुन चाहान्छु, त्यो पनि यस्तो बच्चाको लागि जो मेरो हुँदै होइन ।

तपाई जान्न चाहानुहुन्छ होला, म आफ्नो बच्चा किन चाहान्न ? सन्तान पाल्नु एक ठूलो जिम्मेवारी हो । मानसिक रुपले र आफ्नो करिअरलाई हेर्दै म यति ठूलो जिम्मेवारीका लागि तयार छु जस्तो मलाई लाग्दैन ।

थाहा छैन यस जिम्मेवारीका लागि कहिल्यै तयार हुन्छु वा हुन्न । म एक इभेन्ट कम्पनीमा काम गर्छु ।

यस बाहेक म एक क्रिएटिभ प्रोजेक्टका लागि पनि काम गरिरहेकी छु । यसका लागि म घण्टौँ काम गर्छ चाहान्छु ।

फरक फरक देशमा पुग्न पर्छ । यस्तो प्रकारको कामसँगै एक सानो बच्चाको हेरचाह गर्नु मेरा लागि निक्कै गाह्रो हुनेछ ।

गर्भवती हुनु पनि कम चुनौती कहाँ छ र, तर मलाई थाहा छ सेरोगेसीका लागि एक निश्चित समय दिनुपर्छ ।

मलाई मातृत्व अवकास मिल्छ र त्यसपछि म काममा फर्कन्छु । त्यस्तै, यदी म आफ्नै बच्चा जन्माउन चाहेँ भने त्यो जिन्दगी भरीको जिम्मेवारी हुनेछ ।

गर्भधारणपछिका अप्ठ्यारा पक्षहरुलाई पनि म राम्ररी जान्दछु, जस्तै कम्मर दुख्ने, थकान, बिरामी र अन्य धेरै । मलाई यो पनि थाहा छ कि बच्चालाई जन्म दिनु सजिलो कुरा होइन ।

तर, म त्यस पिडा र असहजताको अनुभव गर्न चाहान्छु । मलाई थाहा छ, गर्भावस्थाका दौरान कोही लगातार उल्टी गर्छन् । म यी सबैको अनुभव लिन चाहान्छु ।

र हो, मलाई यस कुराको पनि डर छ कि नौ महिनासम्म बच्चालाई आफ्नो पेटमा राखेपछि मलाई ऊ प्रति लगाव हुनेछ । बच्चासँग आमाको लगाव जन्मनु अघिबाटै हुन्छ, किनकि पेटमै हुँदा पहिलो आवाज आमाको सुन्छ ।

तर, जब म अरु कसैको बच्चा मेरो पेटमा छ भने यो अवस्था नआओस् चाहान्छु । अहिले मेरो उमेर करिब ३० वर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय