काठमाडौ । कुनैपनि सम्बन्धलाई रसिलो र कसिलोको साथ सफल बनाउँन कसको पो चाहाना हुँदैन ?
तरपनि यहाँ दैनिक विश्वमा करोडौ सम्बन्धमा दरार आइरहेका छन् । कहि न कही चुकिरहेका छन् । भत्किरहेका छन् त टुटिरहेका छन् । किनकी सम्बन्ध सफल बनाउँन धेरै समय र मेहनत लाग्छ ।
यसमा प्रेम र इमान्दारी जस्ता धेरै कुराहरुले सम्बन्धलाई मजबुत बनाउँने गर्दछ ।
यदि तपाईले जान्नु भयो भने सम्बन्धलाई सफल बनाउँन कुनै जादूगरी काम होइन । यसमा कुनै स–साना कुराले पनि जोडीकावीच सम्बन्ध विग्रन सक्छ
भने सम्बन्धलाई धेरै मेहनत, जिम्मेवारी र कोशिशबाट निभाउँन सकिन्छ।
सम्बन्धलाई सफल बनाई राख्न हरेक जोडीले ख्याल राख्नु पर्ने यी ६ बुँदाहरु ख्याल राख्नुहोस् ।
एक अर्कावीच हँसाई राख्नुस्
एक आपसमा दिल खोलेर हाँस्नुस् किनकि हँसाईबाट शरीरमा अक्सीटोसिन हार्मोन बन्ने गर्दछ जुन हार्मोनले सधै मुड सफा राख्छ। सधै हाँस्नेवाला जोडीको साथमा धेरै खुशीयाली रहने गर्दछ । यिनीहरुले हाँस्दै मुस्कुराउँदै जीवनको कैयौ मुश्किलका घुम्तीहरुलाई सजिलै पार लगाउँछ ।
यदि तपाई पनि आफ्नो सम्बन्धलाई सफल बनाउँन चाहनुहुन्छ भने एक अर्कावीच हाँसी खुशी रहनुस र हँसाइरहनुस् । यसबाट सम्बन्धका जादु सुमधुर रहनेछ ।
मनमा कहिल्यै दुर्भाव नराख्नुस्
जुन जोडी सधै खुशी रहन्छ उनीहरु एक अर्काप्रति कुनै दुर्भाव राख्दैन । हरेक सम्बन्धमा धेरै थोरै ल डाई झगडा त हुन्छ नै तर कोशिश गर्नुस कि सुत्नुभन्दा पहिले मुद्दालाई सुल्झाउँनुस् ताकि आगामी दिनको शुरुवात राम्रो हुनेछ। आफ्नो भावनाको खुलेर एक अर्कावीच सामुन्ने राख्नुस् ताकि आफ्ना पार्टनरको अगाडि त्यो कुराको ध्यान राख्न सकोस्।
एक अर्काप्रति संवेदनशील बन्नुहोस्
सम्बन्धबाट आनन्द उठाउँनको लागि एक अर्काप्रति सम्वेदनशील बन्नुहोस् र हरेक पलकासाथमा रमाइलोको फाइदा उठाउँनुहोस्। तपाई सम्बन्धको गहिराईमा जब तक पुग्न सक्नुहुन्न तबसम्म तपाई आफ्नो पार्टनरको साथ खुलेर जीन्दगी विताउँन सक्नुहुन्न।
एक अर्कावीच आफ्नो डर, खुशी र तनाव सबैचिजको कुरा गर्नुहोस् । यसबाट तपाईको सम्बन्ध मजबुत बन्नेछ।
कुनै कुरा गोप्य नराख्नुस्
कुनैपनि कुरा आफ्नो जोडीसँग लुकाएर राख्नु आफ्नो जोडीको लागि नोक्शानदायक हुन सक्नेछ। खासगरीकन कुनै यस्तो कुरा जुन तपाईले आफ्नो पार्टनरलाई बताउँनु भएन भने र यदि उसलाई कहि कतैबाट थाहा पाए।
पैसा रुपैया, छिमेकिहरुले या घरकै कुनै अन्य सदस्यबाट जोडिएको कुनै पनि कुरा जुन तपाईको दुख दिइ रहेको छ, उसको चर्चा आफ्नो पार्टनरसँग गर्नुहोस्। यदि तपाई एक अर्काको सफल सम्झिनुहुन्छ भने तपाई त्यो कुराको पनि सम्झिनु हुनेछ।
पार्टनरलाई आफ्नो कुरा राख्नेको मौका दिनुहोस्
हरेक कोई चाहन्छन् कि उ आफ्नो कुरा खुलेर भन्न सकोस् । आफ्नो साथीको उसको कुरा राख्नको लागि पूरा मौका देओस् र जब उ आफ्नो कुरा राखिरहेको छ
भने पनि वीच विचमा विना रोकटोक ध्यान दिएर सुनिरहनुस्। सफल सम्बन्धको यहि पहिचान हो कि पार्टनरलाई थाहा होस् कि उसले कहिले बोल्नु पर्छ र उसले आफूलाई रोक्नुपर्छ। एक अर्काको कुरा काट्नाले कुरा पूरा हुदैन र सम्बन्धमा पनि धमिलिन थाल्छ ।
एक अर्कालाई ठाउँ दिनुहोस्
सम्बन्धलाई सफल बनाउँनको लागि एक अर्काबाट ठाउँ दिनुहोस् । पार्टनरको सपना र मञ्जिलकोतर्फ बढ्न उसलाई साथ दिनुहोस्। कुनै जरुरी छैन कि तपाईहरु दुबैको विचार एउटै हुनुपर्छ भन्ने। एक अर्कावीचको असहमतीलाई पनि सम्मानले स्वीकार्नुहोस्।
यसरी एक अर्कावीचको दुरी सामुन्ने खुलेर आफ्नो विचार व्यक्त गर्न सक्नु हुनेछ
यो पनि पढ़नुहोस्
प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ युवा युवतीहरुलाई ।
प्रेमी प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । भ्यालेन्टाइन डेका दिन उनीहरु एकअर्कामा आफ्नो प्रेम प्रकट गर्दछन्, प्रेम प्रस्ताव गर्दछन् र सँगै बाँच्ने, सँगै मर्ने कसम खान्छन् ।
यो वर्षको भ्यालेन्टाइन डे नजिकिँदै गर्दा छिमेकी मुलुक भारतको एउटा कलेजले जारी गरेको भनिएको अनौठो सूचना सोसल मिडियामा निकै भाइरल बनेको छ ।
सेन्ट जोन्स कलेजको लेटर हेडमा छापिएको एक सन्देशमा लेखिएको विषय आफैंमा अ’नौठो छ ।
त्यसमा लेखिएको छ कि आगामी भ्यालेन्टाइन डेसम्ममा कलेजका छात्राहरुले अनिवार्य रुपमा कम्तिमा पनि एकजना ब्वा’यफ्रेण्ड बनाउनै पर्नेछ ।
ब्वा’यफ्रेण्ड बनाउन नसक्ने छात्राहरुलाई कलेजमा प्रवेश नदिइने उक्त सू’चनामा उल्लेख छ । सोसल मिडियामा भाइरल भइरहेको उक्त सूचनामा कलेजका सहायक डिन प्राध्यापकको नामको हस्ताक्षर राखिएको छ ।
छात्राहरुको सु’रक्षाको कारणले यस्तो नियम राखिएको पनि जिकिर गरिएको छ त्यस सूचनामा ।
भ्यालेन्टाइन डेका दिन एक्ली छात्रालाई कलेज परिसरमा प्रवेश नदिइने पनि सूचनामा उल्लेख छ ।
छात्राहरुले कलेजको गेटबाट प्रवेश गर्दा आफ्नो ब्वा’यफ्रेण्डसँग खिचाएको एक तस्वीरसमेत देखाउनु पर्नेछ । आफ्नो कलेजको नामको लेटरहेडमा त्यस्तो खालको सू’चना सार्वजनिक भएपछि सेन्ट जोन्स कलेज प्र’शासनको ध्यान आ’कर्षित भएको छ ।
सोसल मिडियामा भाइरल भएको उक्त सूचनामा कुनै सत्यता नरहेको र त्यो फ’र्जी रहेको कलेज प्र’शासनले जनाएको छ ।
कलेजको नाममा त्यस्तो अफवाह फैलाउनेलाई सख्त का’रावही हुने पनि कलेजले जनाएको छ ।