सामान्य रुपले भन्ने हो भने काम नगरी बस्दा समेत जागिर जाने चिन्ताले मानिसहरुलाई सताउँछ । तर, विश्वमा यस्तो काम छ जसमा सुतेर मानिसहरुको तलब पाक्छ । भारतमा यस्तो जागिर एक कम्पनीले दिँदैछ । जसमा भारतको बैंग्लोरमा रहेको एक कम्पनीले सुतेको तलब दिन्छ ।

अनलाइन स्लीप सोल्युसन कम्पनीले भारु १ लाख मासिक तलब दिने जागिर खुलाएको हो । जसमा यस कम्पनीले दैनिक ९ घण्टा सुत्न भ्याउने मानिसहरुलाई यो जागिर दिन्छ । जसमा दैनिक ९ घण्टा सुतेर आफुले यसका बारेमा जानकारी दिनुपर्ने हुन्छ । यसका बारेमा आफुले सबै कुरा बताउनुपर्ने भएकाले यसमा एक चिप पनी जडान गरिएको हुन्छ । यो काममा लागेपछि मानिसहरुले आफनो निद्रा कस्तो भयो भने जानकारी दिनुपर्ने हुन्छ ।