१९ वर्षकी संसारकै राम्री का युवतीफाेटाेहरू

एजेन्सी : १९ वर्षकी मोडल येल शेल्बियाले टीसी क्यालेन्डरको सबैभन्दा राम्री १०० युवतीको लिस्टमा पहिलो स्थानमा आफ्नो नाम अटाएकी छन् ।

इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर्स रहेकाले पनि उनी संसारभर चर्चामा छिन् । येलको जन्म इजरायलको एक सानो शहरमा एक यहुदी परिवारमा भएको थियो । उनले १६ वर्षको उमेरमा मोडलिङ शुरु गरेकी थिइन् ।

अहिले उनी ३६ वर्षीय अर्बपति ब्रेण्डन कोर्फसँग डेट गरिरहेकी छन् । ब्रेण्डन अमेरिकाका अर्बपति बिजनेसम्यान सम्नर रेडस्टोनको नाती हुन् ।

यो पनि पढ्नुहोस्

यतिबेला हृदयरोगको जोखिम समेत बढ्छ । त्यसैगरी जाडो यामले कतिपयलाई डिप्रेसनको अवस्थामा पु¥याउन सक्छ ।

त्यसैले जाडो याममा हुने शारीरिक समस्याबारे थाहा हुन र त्यस सम्बन्धि आवश्यक सर्तकता अपनाउन जरुरी छ ।

हृदयघात हामी मध्ये धेरैलाई यो कुरा थाहा नहुन सक्छ कि जाडो मौसम हृदयघात हुने प्रमुख मौसम हो । जब तापक्रम घट्दै जान्छ रगत बग्ने धमनीहरुल संकुचित हुँदै जान्छन् । यसले मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ ।

विशेषज्ञका अनुसार ३० वर्षभन्दा धेरै उमेरका मानिसहरुले चिसो मौसममा आफूलाई आवश्यकता भन्दा धेरै थकाउनु हुँदैन । चिसो बिहानमा घुम्नुको सट्टा थोरै घाम लागेको स्थानमा जानुहोस् ।

दमको आक्रमण

यदि तपाईं दमको रोगी हुनुहुन्छ भने तपाईंलाई जाडो समयमा दम धेरै बढ्छ भन्ने थाहा हुन सक्छ । यस्तोमा चिसो र सुख्खा हावाले वायुमार्गलाई कस्न थाल्छ र श्वासप्रश्वासलाई अझै खराब बनाउँछ ।

त्यसैले जाडोमा आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नु निश्चित रुपले सहायक हुन सक्छ । आफ्नो घरलाई धुम्रपान मुक्त राख्नुहोस् किनभने यसले दमको रोगीलाई धेरै गाह्रो बनाउँछ । साथै सातामा कम्तीमा पनि एकपटक आफ्नो ओछ्यान धुनुहोस् ।

छाला चिलाउने

चिसो समयमा मानिसहरुले सामना गर्ने सबैभन्दा आम समस्याहरुमा एक छाला चिलाउने पनि हो । चिसोमा कम आद्रताको कारण छाला चिलाउन थाल्छ ।

छाला चिलाउनबाट रोक्नको लागि तपाईंले छालामा बदाम, नरिवल वा जैतुनको तेलले मालिस गर्न सक्नुहुन्छ । त्यस्तै चिल्लो स्ट्रिट फूड खानबाट बँच्नुहोस् । छाला चिलाउने समस्याबाट मुक्त हुने सख्खरको चिया पनि पिउन सक्नुहुन्छ ।

जोर्नी दुख्ने

शीतकालिन मौसममा जोर्नीको दुखाईबाट धेरै मानिसहरु पिडित हुन्छन् । जोर्नीको दुखाईबाट राहत पाउनको लागि सबैभन्दा पहिले आफू र खुट्टालाई पनि न्यानो राख्नुपर्छ ।

त्यसैले एक जोर न्यानो कपडा लगाउनाको सट्टा दुई तीन जोर पातलो कपडा तीन जोर लगाउनुहोस् ।

चिसोको समयमा जोर्नीको दुखाई र मांसपेसीको दुखाईबाट बँच्नको लागि व्यायाम गर्नुपर्छ । जोर्नीको दुखाईबाट छुटकारा पाउने अर्को उपाय एकछिन भनेपनि घाम ताप्ने हो ।

साइनसाइटिस

टाउको दुख्ने, नाक बग्ने, रुघाखोकी आदि चिसोमा हुने आम समस्या हुन् । साइनससाइटिसको समस्या त्यतिखेर हुन्छ जब घर बन्द हुन्छ र कुनै उचित भेन्टिलेसन हुँदैन ।

यो मौसममा साइनसाइटिसबाट टाढा रहनको लागि तपार्इंले पर्याप्त मात्रामा आराम गर्नुपर्छ । त्यस्तै स्वस्थ भोजन गर्नुहोस्, चिसोबाट बँच्नुहोस् र धेरै तरलपदार्थ खानुहोस् । यसैगरी धुलोबाट पनि टाढै रहनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय