काठ्माडौं । पछिल्लो समयकी चर्चित बाल गायिका कमला घिमिरेको दोस्रो जिन्दगी बोलको गीत नेपालमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा परेको छ । पहिलो चिया छाने’को गीत पछि अहिले ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भएको हो । कमलाले निकै छोटो समयमा ठुलो सफलता हात पार्न सफल भएकी छिन् । धेरै दर्शकले उनलाई निकै माया दिइरहेका छन् । उनी गीत गाउने मात्र नभई नाच्नमा पनि उत्तिकै अगाडी रहेकी छिन् । २ दिन पहिले मात्र सार्वजनिक भएको उक्त गीत ६ लाख भन्दा धेरै पटक हेरी सकिएको छ ।
आलाप रेकर्डिङ स्टुडियो को प्रस्तुतिमा चर्चित गायक किसान विनायक र बाल गायिका कमला घिमिरेको आवाजमा प्रतिभा शाली कलाकार झलक सङ्ग तम ,रेसम ओली र कल्याण घिमिरेको शब्द सिर्जनामा बहु प्रतिभा का धनी सर्जक झलक सङ्ग तम को लय तथा सङ्गीत संयोजनमा किसान विनायकको लोक दोहोरी एल्बम `जिन्दगी´ बजारमा उपलब्ध छ ।उक्त गीतको निर्देशक मौसम हिमाली हुन भने करन चैसिरको छायाङ्कन रहेको छ र मनोज कार्कीको सम्पादन रहेको छ । उक्त गीतमा मोडल करिस्मा ढकाल , नरेश वीर सिंह , कमला घिमिरे र रोहित थापा मगरको उत्कृष्ट अभिनय रहेको छ भने उक्त गीतलाई आलाप स्टुडियोको आधिकारिक युट्युब बाट सार्वजनिक गरिएको छ । गित युट्युव ट्रेन्डिङको एक नम्बरमा रहेको छ । भिडियो हेर्नुहोसः
