गुल्मिमै भाग्यमानी मुसिकोटका बलराम सापकोटा(बालकृष्ण)ले जित्नुभयो एक लाख नगद

विष्णु प्रसाद आचार्य (चकित)/मुसिकोट गुल्मी /नबखबर

डिसहोममा डिलरदाइको डिस्काउन्ट अफर अन्तर्गत गुल्मी जिल्ला मुसिकोट नगरपालिका ९ अर्लाङ्गकोटका

बलराम सापकोटा (बालकृष्ण) एक लाख नगद पुरस्कार विजेता बन्नुभएको छ ।

गुल्मी जिल्लामै पहिलोपटक मुसिकोट नगरपालिकामा बिजेतालाइ

पुरस्कार प्रदान गर्न पाउँदा आफुहरु खुसी भएको कम्पनिले जनाएको छ ।

उक्त पुरस्कार लुम्म्बिनी अञ्चल डिसहोमका सेल्स अफिसर मदन सापकोटा र प्राविधिक निराजन लमिछानेको साथमा

फेमस फोटो डिलर दाइको प्रोप्राइटर सुमन कक्षपतिले उक्त पुरस्कार सोमबार मुसिकोट नगरपालिका ७ वामिटक्सार बिच बजार

स्थित फेमस फोटो एण्ड इलेक्ट्रोनिकस पसलबाट सोमबार उक्त बिजेता बालकृष्ण सापकोटालाइ हस्तान्तरण गरिएको ।व्यवसायी सुमन कक्षपतिले नबखबरलाइ जानकारी दिनुभयो ।

२०७६ साल फागुनदेखी सुरु भएको अफर यहि माघ मसान्तसम्म रहेको छ । उहालाइ गत चैत्रमा उक्त अफर परि डिसहोमकै आफ्नो च्यानल रमाइलो टेलिभिजन र क्जयधअबकभ मार्फत बिजेता घोषणा गरिएको थियो ।

कोरोनाका७लदकउस कारण असार मसान्तभित्र भुक्तानी हुनुपर्ने भएपनी माघ महिनाको १२ गते७लदकउस गर्नुपरेको प्राविधिक निराजन लामिछनेको भनाइ छ ।

डिसहोम रिचार्ज गर्दा वार्षिक रिचार्जकर्ताहरुबाट १ हप्ताभरिका प्रयोगकर्ताहरुमध्ये बाट प्रत्येक हप्ता २ जना बिजेता छनोट गरिने व्यस्था बमोजिम उहाले यो पुरस्कार जित्नुभएको हो ।

वार्षिक रिचार्जकर्ताले जम्मा रकमको ३० प्रतिशत अनिवार्य छुटको सुविधा समेत पाउने गरेका छन ।

एक लाख बराबरको चेक हस्तान्तरण गर्दै ।।सेल्स अफिसर मदन सापकोटाले बिजेता बालकृष्ण सापकोटालाइ बधाइ ज्ञापन समेत गर्नुभएको थियो ।

कुमारी बैंकको एक लाख बराबरको चेक रकम पाएका बालकृष्णले सोमबार नै उक्त रकम मुसिकोटको वामिमा रहेको शाइन रेसुङ्गा बैंकको आफ्नो खातामा जम्मा समेत गर्नुभएको छ ।

रकम बुझ्दै बिजेता बालकृष्णले सुरुमा चिठ्ठाजस्तो कुरो सत्य नहुन पनि सक्छ आखिर रिचार्ज गर्नु नै छ एकचोटी वार्षिक रिचार्ज गरि हेरिहालम न भनेर प्रयास गरेको र ख्यालख्यालमै चिट्ठा पनि परेकोले खुसिको सिमा नरहेको उहाको भनाइ छ ।

तर रकम पाइन्छ या पाइदैन ढुक्क थिइन आज आफ्नै गाउघरको डिलरमा कम्पनिका प्रतिनिधि नै आएर यति ठूलो धनराशी सित्तैमा पाउँदा कल्पनाजस्तो समेत महसुस भएको उहाले बताउनुभयो ।

आखिर यो ठट्टा नभएर साच्चै रहेछ आज धेरै खुसी छु उहाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय