झापा, दमक । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन्।
शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध ।

उता युवतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन । हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ । अहिले ६७ बर्षिय बाजेको जेठो छोरा बिरामी भएर बिर अस्पतालमा राखिएको छ ।
उनीहरुले आफ्नो छोरालाई उपचार गर्न सबैलाई आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । सहयोगका लागि ९८११३५६३७४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।आज भाइरल जोडीलाई भेट्न युवा नेता पुन्य गौतम उनको निवास पुगेका छन् । २ भाइरल बीच भए यति रमाइला गफहरु ।
<iframe width=”620″ height=”349″ src=”https://www.youtube.com/embed/xTZn6Yykp5o” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>