महेन्द्र घिमिरे, मुसिकोट नगरपालिका-
सहायक नामदर्ता अधिकारिको लागि १ दिने अभिमुखिकरण तालिम आज जिल्ला निर्वाचन कार्यालय गुल्मी तम्घासमा सम्पन्न भएको छ।
निर्वाचन आयोग नेपालले मतदाता नामावली अधाबधिक दाबी बिरोध समेत कार्यक्रम २०७७ अन्तर्गत मतदाता
नामावलीमा नाम हटाउने त्रुटि सच्चाउने दाबी बिरोध र दोहोरो नामावली हटाउनका लागि काम सुरु हुने भएको छ ।
मुलुक भर ७५३ तहमा नै २०७७/१०/१५ देखि २०७७/१०/२१ सम्म स्थानीय तहको पालिका रहेको स्थानमा सहायक नाम दर्ता अधिकारिको ब्यबस्था मिलाएको छ।
सोही अनुरुप आज गुल्मी जिल्लाका १२ वटै स्थानीय तहका सहायक नामदर्ता अधिकारीहरुलाइ तालीममा सहभागी गराएर तालीम प्रदान गरिएको हो।
२०७७/०९/५ सम्म १८ बर्ष पूरा भै मतदाता नामावलीमा समाबेश भएका मतदाताहरुको नाम हटाउने त्रुटि सच्चाउने दाबी बिरोध गर्न सकिने छ।
स्थानीय तहमा स्थानीय समन्वय तथा प्रचार प्रसार समिति गठन गरि कार्यक्रमलाई प्रभावकारी रुपमा आम मतदाता सम्म पुग्ने गरि कार्य अगाडी बढने छ।
नेपाल सरकारले मध्याबदी चुनाव २०७८ बैशाख १७ र २७ गते गर्ने घोषण अनुरुप गुल्मी निर्वाचन आयोग चुनावी प्रकियाको लागि अगाडि बढेको देखिएको छ।
आइतबार भएको अभिमुखिकरण तालीमको सहजीकरण तथा निर्देशन जिल्ला निर्वाचन कार्यालय गुल्मीका निमित्त प्रमुख श्याम कुमार पाण्डेले गर्नुभएको थियोे । मुसिकोट नगरपालिका गुल्मीको वामीटक्सार मा पनि मतदाता नामावली सम्बन्धि टोलि बस्ने छ ।
आउदो माघ १५ देखि २१ गते सम्म यससम्बन्धी कार्य गरिने भएकाले यसलाइ सफल गराउन सबैमा अनुरोध गरिएको छ।