काठमाडौं– एनसेलले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले बुधबार (मंसिर ११) जनाएको छ । एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप आयोजना गर्न लागको हो र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य पनि राखेको छ । चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण यो एक दिने एनसेल मेलाको शुरुवात इटहरीबाट हुनेछ । मंसिर २८ गते (शनिबार) इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा यो मेला आयोजना गरिनेछ । यो मेला मंसिर ३० गते (सोमबार) बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान, पुष ३ गते (बिहीबार) जनकपुरको बाह्र बिधा मैदान र पुष ५ गते (शनिबार) वीरगंजको आदर्शनगर रंगशालामा आयोजना गरिनेछ ।

त्यसैगरी यो एनसेल मेला पुष ९ गते (बुधबार) धनगढीको सुदुर पश्चिमाञ्चल एसपि चौकी मैदानमा आयोजना हुनेछ भने पुष १२ (शनिबार) बुटवलको सिद्घेश्वरी स्कुल मैदान, दीपनगरमा आयोजना पछि समापन हुनेछ ।
यी ६ वटै शहरहरुमा एनसेल मेला १० बजे शुरु भई कम्सर्ट सहित साझ ७ बजे सम्म चल्नेछ । गीत–संगीत, किड्स जोन, डिजीटल जोन देखि विभिन्न फिजीकल एक्टिभिटी बुथहरु, स्थानिय पर्यटन गन्तव्यहरुको प्रवर्धन र एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक अफर र उपहारहरु यस मेलामा समावेश गरिएका छन् । मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् ।
मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । चर्चित कलाकार तथा सांगीतिक समुहहरुको सांगीतिक प्रस्तुती, बालबालिकाका मनोरञ्जनका विविध गतिविधी तथा गेम स्टलहरु, विदेशी कलाकारहरुको सुटिङ स्टार एक्ट, थिम गेमहरु र ओकुलस भर्चअल जोन यो मेलाको केही आकर्षणहरु हुन् ।
मेलामा गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाँई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । वीरगंज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुती रहनेछ ।
किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेम तथा गतिविधीहरु हुनेछन् ।