किन जाडो मौसममा यौ’न चाहना बढी हुन्छ ?

पुरुषहरूलाई जाडोमा यौ,न सम्पर्क राख्ने चाहना बढी हुन्छ ।

जाडो याममा दिन छोटो र रात लामो हुन्छ । रात लामो र जाडो हुने भएकाले निद्रा प्यारो लागे पनि चाँडै सुत्दा बीचैमा बिउँझिने हुन्छ ।

त्यसमाथि जाडोका कारण गुँडुल्किएर बस्ने अर्थात् एकापसमा आलिंगन गरेर सुत्ने

हुँदा यौ, न कार्यमा लाग्ने सम्भावना बढी हुन्छ ।

चिसो मौसममा न्यानो र कसैको सामीप्य चाहने इच्छा बढी हुन्छ ।

त्यसैको परिणाम मन मिल्ने पार्टनर भेटियो वा उपयुक्त वातावरण बन्यो भने चिसो भगाउने राम्रो उपाय भनेको यौ;न गतिविधि हुन सक्छ ।

त्यसैले पनि होला डेटिङ ब्लगका संस्थापक डिमिट्रियस फिग्वेरोयाले ‘जाडो भगाउने सबैभन्दा सरल उपाय सहवास नै हो’ भनेका छन् ।

बु्रकलिन, न्युयोर्कका मनोविज्ञ मारिस कोहेनका अनुसार गर्मी यामभन्दा जाडोमा मानिसहरू सामाजिक कामकाज एवं घुलमिलबाट टाढा रहन चाहन्छन् ।

एक्लो वा सामाजिक रूपमा अलग्गिएर बस्दा भौतिक रूपमा बढी चिसो भएको अनुभूति हुन्छ ।

यस्तो परिस्थितिमा घरभित्र शारीरिक ऊर्जा पाउने भनेको यौन सम्र्पकबाट हो । अनुसन्धानकर्ताहरूका अनुसार डिसेम्बरमा (मंसिर/पुसतिर) पुरुषमा टेस्टोस्टेरोन हर्मोनको मात्रा बढी हुने गरेको पाइएको छ ।

सम्भवतः मौसम एवं निद्रामा आएको परिवर्तनले गर्दा उक्त हर्मोनको मात्रा बढेको आँकलन गरिएको छ ।

पुरुषमा यौ/न चाहना बढाउने टेस्टोस्टेरोन हर्मोन नै हो । सेरोटोनिन खुशी बढाउने न्युरोट्रान्समिटर (एकखाले स्नायु सं’वेनदशील तत्त्व) हो ।

यथेष्ट सूर्यको प्रकाशको अभावमा मानव शरीरमा सेरोटोनिनको मात्रा घट्न गई डिप्रेस्ड हुने र एक्लो महसुस हुने हुन्छ । यही कारणले पनि होला, अन्य बेलाभन्दा जाडो याममा व्यक्तिले पार्टनरको सामीप्य बढी चाहने हुन्छ ।

रमाइलो र खुशी पार्ने हर्मोन उत्पादन गर्ने कार्य भनेको यौन सम्पर्कका कारण प्राप्त हुने चरमसुख (अग्र्याजम) नै हो।

त्यसैले जाडोमा खुशी र आनन्दित हुन नियमित स/म्पर्क आवश्यक हुन्छ । युरोप, अमेरिकातिर त डिसेम्बर बिदा हुने, मान्छेहरूले फुर्सद पाउने समय हो । त्यसैले पनि पार्टी, जमघटका कार्यक्रम बढी हुने गर्छन् ।

नेपालमा पनि बिहे, भोजभतेर, पिकनिक आदि जाडो मौसममा बढी हुन्छन् ।

यस्तो सामाजिक जमघटले एकातिर एकान्तपन हट्छ भने अर्कातिर चिन्ता, डिप्रेसन पनि घट्ने गर्छ । साथै, जमघटका बेलाको खानपान तथा मद्यपानले पनि सम्बन्ध राख्ने कार्यलाई बढावा दिन्छ।

त्यसमाथि विवाह आदि कार्यमा सहभागी भएर फर्केका दम्पतीलाई आफूमा पनि एकपटक फेरि ज,वानी फिरेको महसुस हुँदो हो । जसले गर्दा अलि सुस्ताइसकेको सम्बन्ध जुर्मुराउन थाल्छ ।

पुरुषको दाँजोमा महिलाले आफ्नो जीउ अलि तातो महसुस गर्दा रहेछन् । स,म्पर्कपछि निश्चित रूपमा दुवै पार्टनरको शारीरिक तापक्रम बढ्ने गर्छ ।

गर्मीमा पसिना, पसिनाको गन्ध, च्यापच्यापी लाग्ने जीउका कारण धेरैले चाहेर पनि यौन कार्यपछि टाँसिएर बस्न रुचाउँदैनन् ।

तर, जाडो मौसम त्यो हिसाबले सहज हुन्छ । यस मौसममा कार्यपछि पनि निकै समयसम्म आलिंगनमा बसिरहन जोडी रुचाउँछन् ।

कार्यपछि विशेषतः पुरुष पार्टनरले गर्ने गल्ती भनेको आफ्नो यौन इच्छा पूरा हुनासाथ भित्तातिर मुन्टो फर्काएर सुत्ने गर्छ । तर, जाडो याममा यौन स;म्पर्कपछि पनि टाँसिएर बस्ने हुँदा दाम्पत्य सम्बन्ध सुमधुर बन्न यसले सघाउँछ ।

जाडोमा पर्याप्त घाम भएन भने भिटामिन डीको कमी हुने सम्भावना हुन्छ । तर, यौ/न कार्य र अक्सिटोसिन एवं इन्डोर्फिन हर्मोनको उत्पादन बढ्ने कारण सामीप्य बढाउन, दुखाइ हटाउन सघाउ पुग्छ ।

गर्मी मौसममा महिला तथा किशोरी आफूलाई सहज हुने खुला लुगा लगाउन रुचाउँछन् । तर, जाडोमा बाक्लो लुगा लगाउनुपर्छ ।

जीउको अधिकांश भाग छोपेर हिँड्नुपर्ने हुन्छ । मानिसको चाहना एवं मनस्थिति पनि कस्तो छ भने जे छैन त्यसैकै इच्छा बढी हुन्छ ।

अर्थात्, जाडो मौसममा महिला वा किशोरीले जीउ छोपेर लुगा लगाउँदा पुरुषहरूमा तिनीहरूको शरीर अलिकति हेर्न पाए हुन्थ्यो भन्ने लोभ बढ्छ । सन् २००८ मा पोल्यान्डमा गरिएको एक अध्ययनबाट यही खुलासा भएको छ ।

पहिरनकै सवालमा जाडोकै कारणले यदि किशोरी वा महिलाले सुत्ने बेलामा लामो खाले मोजा वा स्टकिङ लगाउने गरेका छन् भने यसले यौ*न कार्यलाई आकर्षण बढाउने रहेछ ।

नेदरल्यान्ड्समा गरिएको एक अध्ययनअनुसार महिला वा किशोरी आफैं पनि खाली खुट्टाभन्दा स्टकिङ लगाई गरिएको यौ/न गतिविधिमा बढी सन्तुष्टि पाउने गरेका रहेछन् ।

खाली खुट्टामा ५० प्रतिशतले यौ/न सन्तुष्टि पाउने गरेकोमा स्टकिङ लगाएकामध्ये ८० प्रतिशतले यौन सन्तुष्टि पाउने गरेको अध्ययनमा खुलेको थियो ।

र, अमेरिकाको विल्किस युनिभर्सिटीमा गरिएको अध्ययनअनुसार जाडो याममा नियमित स,म्पर्क राख्ने व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने गर्छ ।

यसले मानिसलाई निरोगी राख्न र खुशी राख्न मद्दत गर्ने गरेको पाइएको छ । डा- सुमनराज ताम्राकार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय