आज माघ ११ गतेको राशिफल

आज मिति २०७७, माघ महिनाको ११ गते आइतबार ,सन् २०२१ जनाबरी २४ तारिक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरायसी समस्या बढ्नेछ ।

सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ ।

मित्रहरूले दिएको वचन फर्न सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज बौद्धिक काममा सफलता मिल्नेछ ।

कला र गलाको प्रभाव बढ्नेछ ।मनमा शान्ति छाउनेछ र आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । मानसिक चिन्ता पनि बढ्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज समाजसेवामा र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ, हानी, आय, व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ । आफन्तले सहयोग गर्नेछन् । नयाँ कार्यको योजना बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वादिष्ट भोजन पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज पुरानो र आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सन्तान सुख पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
श्रोत हाम्रो पात्रो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय