सुनिल न्यौपाने /मुसिकोट गुल्मी ।
नुनपा वडा नं ३ लाई गाउमै बोलाएर ज्ञापनपत्र बुझाइएको छ।
मुसिकोट नगरपालिका वडा नं ३ जलुकेमा गत चुनाबमा विभिन्न आशा देखाएको तर आज ३,४ बर्ष सम्म पनि आशा आशामै सिमित रहेको भन्दै पत्र बुझाइएको हो।
ज्ञापनपत्रमा चुनाब ताका बोलेका कुराको सम्झना सहित माग समेत समेटिएको छ ।
खोल्टेपानी जलुके शिवालय मन्दिर सम्मको मोटर बाटो चुनावमा नाका खोलिएको थियो ।
बाटो खोलिए सम्बन्धित ठाउँ सम्म मोटरबाटो निर्माणको लागी वडा कार्यालय यतिका बर्ष सम्म निदाएर बसेको पाइएपछि एकपटक सम्बन्धित जनप्रतिनिधिलाई त्यो समय मस्तिष्कमा ल्याइदिनको लागी पत्र बुझाएको हो ।
बिहीवार त्यसै वडाका वडा सदस्य शंकर रायमाझी संबंधित गाउँमा नै आएर ज्ञापनपत्र बुझेका छन्।
सोही अवसरमा वडा सदस्य शंकर रायमाझीले त्यो मोटरबाटोको बिषयमा आफुले धेरै चासो लिएको र भोलिका दिनमा पनि आफुले सक्दो कोसिस गर्ने बताए।
उक्त खोल्टेपानी जलुके शिवालय मन्दिर मोटरबाटो निर्माण नहुदा त्यस् बस्तीमा रहेका जनता हिडडुल गर्न गाइ भैंसी वारपार गराउन कठिनाइ झेल्दै आएका छन ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले उक्त मोटरबाटो प्रति चासो दिएता पनि वडा कार्यालयले कुनै वास्ता नगर्दा ,दादागिरी शैलीबाट अगाडि बढ्दा त्यस क्षेत्रका बासिन्दा अन्यायमा परेको कार्यक्रम मै उपस्थित सुनिल न्यौपाने बताए ।
अब वडा कार्यालयले काम गर्छ वा आफ्नै एकलौटी पारामा अगाडि बढ्छ त्यो भने हेर्न बाकी रहेको छ स्थानीयको भनाइ छ ।