काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारकोबार भएको थियो ।
यस्तै चाँदीको प्रतितोला मूल्य १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको छ । मंगलबार १२ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
अर्को समाचार काठमाडौं । संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ । प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिएका हुन् ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘डासाबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौं ।’
वरिष्ठ अधिवक्ता ज्ञवालीले भने १ घण्टा समय दिन माग गरेर बहस सुरु गरे ।बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको छ ।
यसअघि अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे । एउटै अधिवक्ताले लामो समयसम्म बहस गर्दा संसद विघटनको मुद्दा फैसलामा ढिलाइ हुने चिन्ता व्यक्त गरिएको थियो ।