समयको चक्रसङ्गै आफुलाइ बदल्न सक्छु

रचनाकार – सरोजराज बज्राचार्य ( भावुक ),मुसिकोट नगरपालिका वडा न ७ गुल्मी

म शिक्षक
हिजो पढाउथे
आज अध्यापन गर्दैछु
भोलि शिक्षण गर्नेछु
समयको चक्रसङ्गै आफुलाइ बदल्न सक्छु

म शिक्षक हुन कैयौं शिक्षकको साहारा लिए
पददेखी माथसम्म घोटी रटि अध्ययन गरे
गाउँ जिल्ला र केन्द्रसम्म तक पनि धाए

तालिम प्राप्त हुनैपर्ने त्यो पनि भए
नपुगेर त्यही पनि
सयौं सङ्ग दौडिएर सबलाइ उछिने
अनि पो म शिक्षक बने

हरेक विद्यार्थी कस्तो के हो त्यो पनि पढ्छु
विद्यार्थीको अवस्थालाई मस्तिष्कमा राख्छु,
जस्तो शिष्य उस्तै शिक्षा दिनुपर्ने हेर,
तैपनि समयलाई फाल्छन प्रायः खेर,
मैबाट जग बसि डाक्टर इन्जिनियर बन्यौ
नेतादेखी अभिनेता सम्म पनि भयौ
तर अतितको स्मरण गर्दागर्दै
म तिम्रा पुराना दिनहरु मानसपटलमा नियाल्छु,
तिमी बिरामी परेर मैले सुम्सुम्याउदाको क्षण
स्नेह ,प्यार अनि सहानुभूतिको
सिमसिम पानी बर्षाउदा तिमी खुशी हुन्थ्यौ
तर आज पनि म तिमो गुरु नै छु हु ।

असत्य बाट सत्यतिर,मृत्युबाट अमृत तिर,
अध्यारो बाट प्रकाश तिर डोर्‍याउने ,
आवश्यक परे गाउँमा वकिल र डाक्टर पनि बन्छु,
बडिगाड र दरमभन्दा सङ्ग्लो मेरो मन,
तैपनि पानी धमिल्याइ माछा मार्न खोज्छन
तिल जत्रो कुरालाई पहाड जत्रो बनाउछन
आफ्नो आङ्गको भैंसी नदेखी जुम्राको कुरा गर्छन्
शिक्षक जिवनको श्रष्टा हो भन्ने पटक्कै भुल्छन

बेरोजगारलाई रोजगार चाहिन्छ ,अशिक्षितलाई ज्ञान्
शिष्टाचारी उपकारीलाई सधैं हुन्छ मान
आमा,बुबा ,गुरु र पाहुनालाई देवसरी ठान
यसैबाट हुन्छ तिम्रो जीवन भरी सान
माझी सरि मेरो जीवन सयौं यात्री तरे
यता जादा उता आउँदा माझी नै चाहिन्छ
सुख दुख जे परेनी मर्म पोख्न पाइन्छ
समाजको छ्याङ्ग एना शिक्षकले देख्छ
स्वच्छ ,शुभ्र,स्निग्ध उसको मन हुन्छ
हाम्रो सङ्गत गरे तिम्रो गुण बिकास हुन्छ।

वेदव्यास ,कृष्ण ,बुद्ध सबै गुरु नै थिए
प्लेटो,अरस्तु,सुकरात रुसो पश्चिमका भए
वशिष्ठ विश्वामित्र ,द्रोणाचार्या आदि पनि
अध्यात्म ,दर्शनादी ज्ञानामृत छर्थे सधैभरि
हामी पनि त्यही पदचिन्ह पछ्याउनु छ
धेरैलाई महान बनाउनुछ र बन्नु छ
म शिक्षक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय