भावनामा डुबे मत,कल्पनामा डुबे

संगिता कँडेल
मुसीकोट ७ वामी सेरा गुल्मी

भावनामा डुबे मत
कल्पनामा डुबे,
कति छिटो डुब्दा डुब्दै
चन्द्रमामा पुगेँ ।।

शिखर मैले चुमेकोथे
सगरमाथा पनि,रमाउँदै हिँडेकोथे
साँच्चै नै बिपनी हो भनी ।।

मध्यरातमा भएपनि
सपनीमा रमाएको रैछु,
जिन्दगीभर पुग्ने पैसा
कमाएको हैछु ।।

सबै कुरा पुरा भाथ्यो
केही थिएन बाँकी,
केही गुनासो छैन अब
मेरा सपना माथि।।

धनकै निम्ति चल्दो रैछ
हेर साथी संसार,
जति धेरै कमाएनी
भरिएन धन्सार ।।

साथी भाइ आफन्तजन
अनि ईष्टमित्र,
प्रगतिको पाइला देख्दा
जल्छन भित्र भित्र ।।

यति धेरै पैसा अब
कहाँ राख्ने होला,
कता गयो भुड्की मेरो
कता पर्यो झोला ?

यो पनि पढ्नुहोस् सुषमा मानन्धर – (लघु कथा)
लेखकहरुलाई आफूले केही लेख्न पाएको हुन्न अरुलाई सुनाउन हतार भैहाल्छ । उसले पनि हालै एउटा कथा लेख्न सकाएर साहित्यप्रति केही अभिरुचि राख्ने साथीलाई भेट्न गएको छ ।

‘ल भन्नुस् । धेरै समयदेखि भेट्न खोज्नु भएको थियो । के काम पर्यो त्यस्तो?’ साथीले उसलाई देखेर स्वागत गर्यो ।

‘एउटा ताजा रचना तयार छ । तपाईलाई सुनाउँ कि भनेर ।’ उसले ब्याग खोल्न पाएको थिएन उसको साथी आत्तिइहाल्यो । ‘ओहो अहिले नगरौं । म त भ्याउँदै भ्याउँदिन आज ।’
‘तपाईँले अहिले फुस्रद छ भनेर बोलाउनु भएको हैन र’ ऊ साथीको पारामा छक्कै पर्यो ।

‘हुन त हो तर झटटै दिमागमा अर्को कामको सम्झना आईहाल्यो ।’ साथी चैंले पन्छिन मजाले ढाँट्न खोज्यो ।
‘धेरैबेर लाग्दैन । सस्रती सुनाएर तपाईँको राय लिएर म हिँडि पनि हाल्छु ।’ उसले पनि आफ्नो अस्त्र छाड्न बाँकी राखेन ।

‘तपाईँले लेख्नु भएको नराम्रो कहाँ हुन्छ र तर यस्तो टाउको दुखेको बेला तपाईँले सुनाउन खोज्नु भए पनि दिमागभित्र केही छिर्ला जस्तो लागेन । पछि कुनै दिन बसौं हुन्न र?’
‘तपाईँले सुन्नुहुन्छ भनी कत्रो आश लिएर आएको थिएँ ।’ ऊ अलि निराश देखियो ।

‘कति पेजको छ मलाई त दश मिनेटमा एकठाउँमा नपुगी हुन्न ।’ साथीले अन्तसम्म पनि अझै पन्छिने बाटो खोज्दै थियो ।

‘जम्मा एक पेजको लघुकथा हो ।’
‘एअघि नै भन्नुपर्दैन त त्यसोभए ठीक छ । म त तपाईँले लामो कथा सुनाउँदा सुनाउँदै बुढो हुन्छु कि भनी डराएर पो । हाम्रो चिया आउन्जेलसम्ममा तपाईँको कथा वाचन सकिन्छ पनि होलालौ थाल्नुस् ।’ साथी अहिले आश्वस्त र सहज देखियो ।

समय अभावका कारण ब्यस्ततामा बाँचिरहेका मान्छेहरुवीच लघुकथाले समेत आफूलाई जीवित राख्न कति संघर्ष गर्नुपर्ने रैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय