बुटवल-ब*लात्का*रपछि ह*त्याप्रयास भएकी रुपन्देही तिलोत्तमाकी पाँच वर्षिया बालिकाको उपचारका लागि रकम अभा*व भएको छ।
उनी ५ दिनदेखि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत छन्। अस्पतालमासँगै रहेकी बालिकाकी आमाका अनुसार उनको यौ*नाङ्ग*मा ग*हिरो चो*ट छ भने अनुहार पनि उस्तै वि*भत्स भएको छ।
गालामा धा*रि*लो ह*तिया*रले का*टेर मासु निकाले जस्तो ड*रला*ग्दो चो*ट लागेको छ। ओठ र आँखाको परेला च्या*तिने गरी घा*उ बनेको छ।
अस्पतालको बेडमा उनी अधिकांश समय बे*होसी अवस्थामै रहेकी छिन्। छिनछिनमा बिउँझिदा चि*च्याँउ*ने र छ*ट्पटाउने गरेको उनकी आमा बताउँछिन ।
माघ २ गते काठमाडौं पुर्याइएकी बालिकालाई आइतबार दिउँसो आइसीयुबाट जनरल वार्डमा सारिएको बालिकाकी आमाले बताइन्।
‘छोरीलाई आइसीयुबाट अर्को कोठामा सारेका छन्। शरिरभरि घा*उ नै घा*उ छन। घ*रीघरी दु*ख्यो भनेर चि*च्या*उँछे। अप्रेसन गरेपछि अब त बाँच्छे की भन्ने लागेको छ’-उनले टेलिफोनमा भनिन्।
बालिकाको उपचारका लागि रकम अभा*व भएको उनले बताइन्। दैनिक ज्यालादारी गरेर गु*जारा गर्ने दम्पत्तीको सम्पत्तीको नाममा एक तले घर मात्रै छ।
घ*टना लगत्तै छोरीलाइ उपचारका लागि काठमाडौं लैजाँदा आफन्त र छिमेकले ऋण धन गरेर दिएको पैसा सकिन लागेको बालिकाका बुवाले बताए। छोरीको पीरले बाबुआमा भोकभोकै बसेपनि पैसा सकिएपछि काखे नानीलाइ केले दुध किनेर खुवाउने भन्ने चि*न्ता थपिएको उनीहरुसँगै रहेका एक आफन्तले गुनासो गरे।
स्थानीय विद्यालयको एक कक्षामा पढ्ने ५ वर्षिया ती बालिका माघ १ गते स्थानीय एक व्यक्तिबाट ब*लात्का*रको सि*का*र भएकी हुन् ।
ब*लात्का*रमा संलग्न २८ वर्षे होमबहादुर बिकलाई प्रहरीले सोही दिन प*क्रा*उ गरेको छ।
अ*भियुक्त कपिलवस्तुको वाणगंगा १२ घर भइ तिलोत्तमा स्थित हिरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्थे।
पसलमा सामान किन्न गएकी बालिकालाई बिकले चकलेट दिने भन्दै फकाएर झाडीमा लगेर ब*लात्का*र गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए।
उनी साँझ पाँच बजेतिर बालिका सामान लिन पसलमा गएकी थिइन। पौने घण्टासम्म छोरी नफर्केपछि आमाले खोजी गर्दा गाँउमा नभेटिए पछि आफन्तले झाडीतिर खोज्दै जाँदा बाँसको झाङ्गमा बालिका अर्ध*मुर्छित अवस्थामा भेटिएकी थिइन।
र*गता*म्मे भएकी बालिकाको यौ*नांग, ओठ, आँखा, गाला, घाँटीमा ड*रला*ग्दा चो*ट लागेका छन्।
बालिकाका मामाका अनुसार छाती र घाँटीमा थिचेको जस्तो निशान थियो। बालिकालाई तत्कालै भैरहवा स्थित मेडिकल कलेज लगेपनि त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनीले तत्कालै काठमाडौं रेफर गरिदिएको थियो।
अहिले बालिका ख*तरामुक्त रहेपनि स्वास्थ्य अवस्था ग*म्भिर नै रहेको अस्पतालका चिकित्सकलाई उदृत रुपन्देहीका प्रहरी प्रमुख पोखरेलले बताए। ‘अप्रेसन पछि बालिकाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी पाएका छौं’-एसपी पोखरेलले भने।
अ*भियुक्त बिकले ब*लात्का*रपछि ह*त्या गर्ने मनसायले आ*क्रमण गरेको देखिएको प्रहरीले जनाएको छ।
नाबालिका ब*लात्का*र र ज्यानै मार्नेसम्मको अप*राध गर्नेलाई आजीवन का*राबास(को स८जाय हुनुपर्ने माग परिवार र आफन्तले गरेका छन्।
बालिकाका आफन्त र गाउँलेले अभियुक्तलाई कडा का*रबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका थिए भने अरु अधिकारवादी संस्थाहरुले पनि कडा का*रबाही*को माग राख्दै दबाब दिइरहेका छन्।
होमबहादुरका ग*लत क्रियाकलापलाइ ढाकछोप गरी संरक्षण गरेको भन्दै स्थानीयले हिरालाल मल्लाहलाई पनि का*रबाही*को माग गरेका छन्।
होमबहादुरको चालचलन पहिलेदेखि नै ठिक नभएकाले गाँउमा नराख्न स्थनीयले गरेको आग्रहलाइ बेवास्ता गर्दा पाँच वर्षे बालिका ज*घन्य अ*पराध*को सि*कार भएको भन्दै गाँउलेले हिरालाललाई का(रबा*हीको माग गरेका हुन्।
स्थानीयको दवावपछि प्रहरीले हिरालाललाइ घ*टनाको तीन दिन पछि नि*यन्त्र*णमा लिएको छ।
बिकलाइ केही वर्षदेखि हिरालालले कामदारको रुपमा घरमा आश्रय दिएका थिए। अ*भियु*क्त बिकले यस अघिपनि पटक पटक महिला, बालबालिकहरुलाई जिस्काउने, सं*वेदन*शिल अंगमा छुन खोज्ने, रक्सीको बहानामा अ*श्लिल शब्द बोल्ने क्रियाकलाप दोहोर्याएपछि गाउँमा नराख्न आग्रह गरेका थिए।
‘घ*टना घ*टाएपछि पनि बिक हिरालालसँगै आ*गो तापेर बसेको थियो उसँग सोध्न खोज्दा आफ्ना छोरीचेलीको सुरक्षा गर्न सक्दैनौ यसलाई दो*ष दिन्छौ भनेर हिरालालले हामीलाई नै ध*म्काए’-बालिकाका मामाले भने।
श्रोत लुम्बिनी टाइम्स