सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृ*त्यु

काठमाडौं । भारतको गुजरातमा ट्रकले कि*च्दा १५ जनाको मृ*त्यु भएको छ ।

गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।

यो द*र्दनाक घ*टना*मा १५ जनाको घ*टना*स्थलमै *मृत्यु भएको छ ।

उक्त घ*टनामा परि जना घा*इते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घ*टना भएको हो ।

उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कु*ल्चिए*को प्रहरीको भनाइ छ ।

ट्रकको ठ*क्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।

प्रहरीले घा*इतेहरुमध्ये धेरैजसोको अवस्था ग*म्भीर रहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्  मौसमी फलफूल, सागसब्जी नै शरीरका लागि अनुकुल हुन्छ । किनभने यस्ता फलफूल, सागसब्जी त्यही बेला उत्पादन हुन्छन्, जतिबेला हाम्रो शरीरलाई चाहिन्छ । जस्तो कि, अहिले मेथीको साग ।

यो सिजनमा पाइने सागसब्जीमा एक हो मेथीको साग ।विभिन्न स्वास्थ्यबद्र्धक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ । मेथीका यी ११ फाइदा के छ त ?१. धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि समस्याले हैरान हुन्छन् । यसमा कब्जियत र ग्यास्ट्रिक प्रमुख छन् ।

मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।

२. घरका वृद्धवृद्धाहरुले जाडोमा मेथी र ड्राइफुडको लड्डु खाएको तपाईंले देख्नुभएको होला । यसको प्रमुख कारण यो हो कि मेथीको सेवनले जोर्नीको दुखाईबाट मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् ।

३. मेथीको पात तपाईंको कपालका लागि पनि अत्यधिक लाभप्रद हुन्छ । यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ । साथै कपाल झर्न पनि रोकिन्छ ।

४. पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ । अधिकांस बच्चामा यो समस्या हुन्छ । यस्तोमा मेथीको पातको रस निकालेर बच्चालाई प्रतिदिन एक चम्चा पिलाउनुपर्छ ।

५. मेथीलेरुघाबाट पनि बचाउँछ । यसलाई कुनै न कुनै रुपमा प्रतिदिन सेवन गर्दा रुँघाबाट जोगिन सकिन्छ ।

६. मधुमेहका रोगीका लागि मेथीको सेवन अत्यधिक लाभदायक हुन्छ । प्रतिदिन मेथीको पातको र निकालेर पिउँदा सुगर नियन्त्रणमा आउँछ ।

७. अनुहारको सुन्दरता बढाउनमा पनि मेथी कम्ति प्रभावकारी हुँदैन । यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमकका साथै असिलोपन आउँछ । यसका अलावा रुखो त्वचा हुनेहरुका लागि यो अत्यन्त लाभप्रद हुन्छ ।

८. मेथीको हरियो पत्ताको तरकारीमा प्याज हालेर खाँदा तपाईंले रक्तचापको समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा पु¥याउँछ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।

९. मेथीको साग नित्य सेवन गर्दा मुटुसम्वन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

१०. मेथीको साग प्रतिदिन सेवन वा मेथीको दानाको चुर्ण प्रतिदिन खाँदा तपाईंको वजन नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ ।

११. यदि तपाईंलाई बारम्बार पिशाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपार्इंको समस्या बिल्कुल समाप्त भएर जान्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय