काजल खरेल ,मुसिकोट ९ गुल्मी
पुजा गरि मालिका लाई सक्रान्ति मनाउला,
शस धारा पानीले नुहाई सक्रान्ति मनाउला।।

तरुल खनौला नानाथरि परिकार बनाउला,
सँगसँगै बसि खिचडी खाई सक्रान्ति मनाउला।।
दुखि लाई दान दिउला मीठो चोखो खुवाउला,
सबै मिलि सँगै रमाई सक्रान्ति मनाउला।।
परातन देखि मनाउदै अाएको चाड यो हाम्रो,
टाढा टाढा बाट धाई सक्रान्ति मनाउला।।।