माघ महिनाको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

माघ महिनामा विशिष्ट व्यक्तित्त्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ ।

न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्य महिनाबाट पारिवारिक स्वास्थ्यमा समस्या आई औषध उपचारमा खर्च बढ्नेछ, अत: ऋण र रोगको भय हनेछ । तपाईंका प्रतिद्वन्दी पनि बढ्न सक्छन् । यो महिनाको लागि शुभ अङ्क ७ र शुभ रङ्ग रातो वा गुलाबी हो ।

कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

माघ महिनामा अनावश्यक वादविवादमा परिएला । मान र सम्मानमा आघात पर्न सक्छ । शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । स्वस्थ्मा पनि प्रतिकूल सक्छ । महिनाको उत्तरार्धमाभने रमाईलो यात्रा हुनेछ ।

कला र गलाको प्रभाव बढ्दै जानेछ । वैदेशिक कार्यमा विशेष सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हल्का पहेंलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक शुभफल प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

माघ महिमा सामाजिक र राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । श्रम र इमानदारिताको उचित मुल्याङ्कन हुनेछ । मध्यम रहनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । आफन्तहरू संग भेटघाट, रमणीय र सुखद् यात्राको योग पनि रहेको छ ।

यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

माघ महिनामा विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आफ्नो पेशामा बढुवा तथा सरुवाको योग पनि रहेकोछ ।

महिनाको अन्त्यमा अनावस्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । प्रेम र मित्रताको बन्धनमा मनमुटाव बढ्न सक्छ, बोल्दा विचार पुर्याउनु पर्छ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शनगरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पढाई लेखाईमा उल्लेख्य सुधार आउनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । \

मुद्दा–मामिलामा पनि विजयी भइनेछ । विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हाँसिल गर्नेछन् । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो महिनामा तपाईकोलागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ र विगतका समस्या बल्झिन सक्छन् । सवारीसाधनको प्रयोगगर्दा सावधानी अपनाउनु पर्नेछ । प्रेमी / प्रेमिकाका बिच मतभेद पनि बढ्ला ।\

मध्य महिनाबाट भने समय उत्साहवर्द्धक रहनेछ । वैदेशिक क्षेत्रका अधूरा कार्य पूरा हुन सक्छ । नयाँ वस्त्र, अलंकार तथा धन सम्पत्ति समेत हात पर्ने योग रहन्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग खैरो वा सेतो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो महिनामा शुभ, मंगल र नयाँ कार्यको योग छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । गरेको कार्यमा सफलता पाईनेछ ।

साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो कुलदेवताको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो महिना उत्साहवर्द्धक नै रहनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । आफन्तहरू संग भेटघाट हुनेछ । स्थानान्तरण र देश विदेशको भ्रमण हुनेछ । ठुला व्यक्तिले तपाईंको मेहनतलाई प्रसंसा गर्नेछन् ।

कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । तर अनावश्यक धन र परिश्रम पनि खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो महिनामा प्रतिष्ठित काम गर्ने मौका छ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । साथी भाईको भेटघाटले मन रहने र मन मिल्ने साथीको सहयोग पाईनेछ । महिनाको अन्त्यमा चैं त्यति राम्रो देखिँदैन, व्यर्थको सास्ति खेप्नु पर्ला ।

सपना पनि नराम्रो देखिन सक्छ । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग पहेंलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो महिनामा जोश जाँगर र हिम्मत बढ्नेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । शुभ र मंगल कार्यको योग छ । वाक्चतुर्याईँले सङ्कल्पहरू सिद्ध हुनेछन् । वाहान लाभ हुने समय आएकोछ । मध्य महिनामाभने प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । अनाबस्यक आरोप लाग्ने र धनमाल हराउने योग भएकाले सजग रहनुहोला ।

यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

माघ महिनामा नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ । स्थानान्तरण र लामो यात्राको सम्भावना छ । रोकिएको ठाउँबाट आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाईंको मेहनतलाई प्रसंसा गर्नेछन् र भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको आन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । सेयर बजारमा केहि उतारचढाव हुनेछ ।

यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो महिनामा मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । भ्रमण र तीर्थाटनको योग पनि रहेको छ ।

मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यभगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
श्रोत हाम्रो पात्रो

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय